6 years ago
September 10, 2019
एजेन्सी – युरो २०२० छनोटमा अन्तर्गत सोमबारको खेलमा जर्मनी र नेदरल्यान्ड्सले आ-आफ्नो खेलमा जित दर्ता गरेका छन् । जर्मनीले शीर्षस्थानमा रहेको उत्तरी आयरल्यान्डलाई २-० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो ।

जर्मनीका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । मार्सल हाल्सटनबर्गले ४८ औं मिनेटमा उत्कृष्ट हाफ भली प्रहार गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्ज्युरी समयमा सर्ज गनाब्रीले गोल गर्दै जर्मनीको जित पक्का गरे । काइ हाभर्टजको पासमा गनाब्रीले गोल गर्न कुनै गल्ति गरेनन् ।
पहिलो हाफमा केहि सुस्त प्रदर्शन गरेको जर्मनीले दोस्रो हाफमा भने निकै आक्रमण रणनीति अपनाएको थियो । आयरल्यान्डका गोलरक्षक बेली पिकक-फेरलले केहि राम्रो बचाउ गर्दै अन्तिमसम्म पनि आफ्नो टोलीको सम्भावना कायम राखेका थिए ।
समूहकै अर्को खेलमा नेदरल्यान्ड्सले रायन बाबेलको दुई गोलसँगै इस्टोनियालाई ४-० ले पराजित गर्यो । खेलको १७ औं मिनेटमा बाबेलले डेली ब्लिन्डको क्रसमा गोल गरेका थिए । उनैले ४७ औं मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । उनलाई डिपाएले क्रस उपलब्ध गराएका थिए ।

म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी मेम्फिस डिपाएले ७६ औं मिनेटमा उत्कृष्ट प्रहार गर्दो ३-० को स्कोर बनाए । जिओर्जिनियो वाइनल्डमले डिपाएको पासको सदुपयोग गर्दै ८७ औं मिनेटमा हेडर गोल गरेपछि नेदरल्यान्ड्सले फराकिलो जित पक्का गर्यो ।
यस नतिजासँगै समूह ‘सी’ मा जर्मनी शीर्षस्थानमा उक्लिएको छ । जर्मनी र उत्तरी आयरल्यान्डको ५ खेलमा समान १२ अंक भएपनि जर्मनी गोल अन्तरमा अगाडी छ । नेदरल्यान्ड्सको ४ खेलमा ९ अंक छ । बेलारुस ५ खेलमा ३ अंक र इस्टोनिया अंकविहिन रहेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]