6 years ago
September 10, 2019
एजेन्सी – किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाल र ताजिकिस्तान भिड्नेछन् । खेल मध्यान्ह ११:४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानमाथि ८-२ को फराकिलो जित दर्ता गरेको नेपाल दोस्रो खेलमा उज्बेकिस्तानसँग २-० ले पराजित भएको थियो । नेपालले अब अन्तिम खेलमा ताजिकिस्तानलाई पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । यता ताजिकिस्तानले पनि जित दर्ता गरे फाइनल पुग्नेछ । ताजिकिस्तानले पहिलो खेलमा उज्बेकिस्तानसँग १२-० क फराकिलो हार बेहोरेपनि दोस्रो खेलमा किर्गिस्तानमाथि २-१ को जित दर्ता गरेको थियो ।
नेपालले आजको खेलमा केहि खेलाडी परिवर्तन गर्नेछ । नियमित कप्तान निरु थापा सोमबारको खेलमा घाइते भएपछि १४ औं मिनेटमा नै बाहिरिएकी थिइन् । उनलाई आज प्रशिक्षक हरि खड्काले विश्राम दिन सक्छन् । यसैगरी पछिल्ला खेलमा बेन्चमा नै सिमित रहेका गोलरक्षक अन्जना रानामगर, डिफेन्डर कविता धिमाल, फरवार्ड रेखा पौडेल लगायतले मौका पाउन सक्छन् । मिडफिल्डर इन्दिरा राई, अनिता केसी र विमला चौधरीले पहिलो रोजाईमा खेल्ने सम्भावना रहेको छ ।
दिनको दोस्रो खेलमा शीर्षस्थानमा रहेको उज्बेकिस्तानले किर्गिस्तानको सामना गर्नेछ । फाइनल पुगिसकेको उज्बेकिस्तान लगातार तेस्रो जितसँगै शत प्रतिशत नतिजा हासिल गर्न चाहन्छ । किर्गिस्तान भने फाइनल पुग्ने सम्भावना सकिएको अवस्थामा प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल बिहिबार हुने तालिका रहेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]