default_image

5 years ago

October 5, 2019

‘मेस्सी र मेरोबीच धेरै बोलचाल भएको छैन’- ग्रिजमन

एजेन्सी– बार्सिलोनामा सुपर स्टार लियोन मेस्सीको भावनाको सम्मान हुने गर्छ । टोलीमा आउने नयाँ खेलाडीसँग उनको सम्बन्ध कस्तो रहन सक्छ भन्ने विषयमा पनि ख्याल राखिन्छ । यो सिजन उनकै चाहनामा बार्सिलोनाले नेयमारलाई भित्राउने प्रयास गरेको थियो । यद्दपी त्यो प्रयास सफल भएन । तर, उनलाई अर्को सिजन पनि बार्सिलोनाले फर्काउने प्रयास गर्ने बताइएको छ । […]

61 views

0 Bookmark

एजेन्सी– बार्सिलोनामा सुपर स्टार लियोन मेस्सीको भावनाको सम्मान हुने गर्छ । टोलीमा आउने नयाँ खेलाडीसँग उनको सम्बन्ध कस्तो रहन सक्छ भन्ने विषयमा पनि ख्याल राखिन्छ । यो सिजन उनकै चाहनामा बार्सिलोनाले नेयमारलाई भित्राउने प्रयास गरेको थियो । यद्दपी त्यो प्रयास सफल भएन ।

तर, उनलाई अर्को सिजन पनि बार्सिलोनाले फर्काउने प्रयास गर्ने बताइएको छ । दुई वर्षअघि विश्व कीर्तिमानी रकममा ब्राजिलियन स्टार बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका थिए । बार्सिलोनाले यसपटक फ्रान्सेली स्टार एन्टोनी ग्रिजमनलाई भित्राएको थियो । तर, मेस्सीसँग उनको साझेदारी खासै जम्न नसकेको बताइन्छ ।

तर, उनीहरु दुईले सँगै धेरै खेलिसकेका भने छैनन् । १ सय ८ मिलियन पाउन्डमा बार्सिलोना पुगेयता ग्रिजमन र मेस्सीबीच कमै मात्र बोलचाल भएको छ । उनी नयाँ क्लबमा घुलमिल हुन अझै नसकेको अनुमान गरिएको छ । बार्सिलोनाले उनीहरुको सम्बन्धलाई पनि मनन गरिरहेको छ । जसका कारण बार्सिलोनाले नेयमारलाई ल्याउन पुन प्रयास गर्ने अनुमान गरिएको छ । नोउ क्याम्प पुगेयता ग्रिजमनले ३ गोल गरिसकेका छन् । उनलाई टोलीका प्रशिक्षक इर्नेस्टो भाल्भार्डेलाई प्रभाव पार्न सकेका छैनन् ।

२८ वर्षे विश्व कप विजेता ग्रिजमन पनि मेसी नहुँदा टोलीमा दबाब पर्ने च्याम्पियन्स् लिग अघिको खेलअघि बताएका थिए । यो सिजन सुरु भएयता अधिकांश समय मेस्सी चोटग्रस्त रहँदै आएका छन् । मेस्सीको टोलीका अर्का स्टार लुइस स्वारेजसँग भने सम्बन्ध सुमधुर रहँदै आएको छ । सम्बन्ध राम्रै भएका कारण मेस्सीले ठूलो रकम खर्चेर पनि नेयमारलाई लिन सुझाव दिएका थिए ।

इन्टर मिलानसँगको खेलअघि ग्रिजमनसँग मेस्सीलाई लिएर सोधिएको प्रश्नमा ग्रिजमनले भनेको थिए, ‘एकअर्कालाई जान्न त्यति सहज हुँदैन । हाम्रा बीचमा धेरै कुराकानी हुन पाएको छैन । उनी धेरै समय चोटग्रस्त रहेका छन् । जसका कारण हामीले अभ्यासमा पनि लामो समय सँगै बिताउन पाएका छैनौं ।’ त्यसका कारण पनि आउने दिनमा नेयमारलाई भित्राउनका लागि बार्सिलोनाले पुनः प्रयास गर्नेछ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.