default_image

5 years ago

October 6, 2019

साविक विजेता म्यानचेस्टर सिटी स्तब्ध

एजेन्सी – प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी आइतबार स्तब्ध भएको छ । घरेलु मैदानमा सिटी वोल्भरह्याम्टन वान्डसर्ससँग २ –० ले पराजित भएको थियो । शीर्षस्थानको लिभरपुलसँग अंक दुरी कम गर्ने मौका लागि सिटीले गुमाएको छ । अघिल्लो दिन लिभरपुलले लेस्टरलाई २ –१ ले हराएको थियो । खेल सकिन १० मिनेट अघि अडामा टाउरेले गरेको […]

34 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी आइतबार स्तब्ध भएको छ । घरेलु मैदानमा सिटी वोल्भरह्याम्टन वान्डसर्ससँग २ –० ले पराजित भएको थियो । शीर्षस्थानको लिभरपुलसँग अंक दुरी कम गर्ने मौका लागि सिटीले गुमाएको छ ।

अघिल्लो दिन लिभरपुलले लेस्टरलाई २ –१ ले हराएको थियो । खेल सकिन १० मिनेट अघि अडामा टाउरेले गरेको गोल खेलको निर्णायक बन्यो । राउल जिमिनेजको पासमा उनले गोल गरेका हुन् ।

इन्जुरी समयको चौथो मिनेटमा टाउरेले अर्को गोल थप्दै सिटीविरुद्ध सनसनीपुर्ण जित निकालेका थिए । दोस्रो गोलमा पनि जिमिनेजकै सहयोग थियो । हारपछि पनि सिटी दोस्रो स्थानमा यथावत छ । टोलीको १६ अंक छ । सिटीको भन्दा लिभरपुलको ८ अंक बढी २४ अंक छ ।

प्रिमियर लिगमा आइतबार अन्य खेलमा चेल्सी र आर्सनल विजयी भएका छन् । चेल्सीले साउथह्याम्टनलाई ४–१ ले हराएको छ । अर्को खेलमा आर्सनल एएफसी बोर्नमाउथलाई १–० ले पराजित हरायो ।

 

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.