default_image

5 years ago

October 13, 2019

बागमतीमा अध्यक्ष कप खुला फुटबल हुने

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा अध्यक्ष कप बागमती गाउँपालिका खुला फुटबल प्रतियोगिता बुधबार सुरु हुने भएको छ ।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बागमती गाँउपालिका अध्यक्ष वीरवहादुर लोप्चनले स्थानिय स्तरमा रहेका प्रतिभाको पहिचान गर्नुे र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्ने मुख्य लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगितामा १८ टोलीको सहभागिता रहनेछ । प्युटारस्थित खयरघारीमा हुने प्रतियोगिताको फाइनल कात्तिक ६ गते हुनेछ । नकआउटका आधारमा संचालन हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ । सेमिफाइनल पुग्ने टोलीले समान २० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा झन्डै १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मुल आयोजक समितिका अध्यक्ष बुद्धराज नेगीले बताए ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.