एजेन्सी – पोल्याण्ड दुई खेल अगावै युरोकपमा छनोट हुन सफल भएको छ । आइतबार राति भएको खेलमा नर्थ मासिडोनियालाई २–० गोल अन्तरले पराजित गर्दै पोल्याण्ड युरोकपमा छनोट हुने पछिल्लो टोली बनेको हो ।
यसअघि बेल्जियम, इटाली र रुस छनोट भइसकेका छन् । पोल्यान्डको जितमा फ्रान्कोवस्की र एर्काडियु मिलिकले गोल गरे । दुवै गोलमा कप्तान रोवर्ट लेवान्डोस्कीले पास उपलब्ध गराए । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि पोल्यान्डले दोस्रो हाफमा दुई गोल सफल गर्न सफल भयो ।
७४औं फ्रान्कोवस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाए । उनले लेवान्डोस्कीको क्रसलाई सदुपयोग गरेका थिए ।
८०औ मिनेटमा एर्काडियस मिलिकले गोल गर्दै पोल्याण्डको जित सुनिश्चित गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको मिलिकले लेवान्डोस्कीको पासलाई सदुपयोग गर्दै टोलीलाई २–० को जित दिलाए ।
समूह ‘एच’ मा पोल्यान्डले ८ खेलबाट १९ अंक जोड्यो । दोस्रो स्थानको अष्ट्रियाको ८ खेलबाट १६ अंक छ । नर्थ म्यासेडोनिया ११ अंकसहति तेस्रो स्थानमा छ ।