12 months ago
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पहिलो संस्करणको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि भारतको क्यालिकटले जितेको छ।
घरेलु टोली नेपालको हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-१ को सहज नतिजामा हराउँदै क्यालिकट उपाधि जित्न सफल भएको छ।
क्यालिकटले लिग चरणको हारको बदला समेत लिएको छ। घरेलु टोली विरूद्ध सुरूवात राम्रो गर्यो। २५-२१ ले पहिलो सेट क्यालीकटले जित्यो। दोस्रो सेटमा नेपाल खेलमा फर्कन सफल रहयो।
२६-२४ ले दोस्रो सेट जित्दै खेललाई १-१को बराबरीमा पुर्यायो। तर यसपछि हेल्प नेपालले लय गुमायो। हेल्प नेपाल सबै पक्षमा कमजोर रहयो।
क्यालिकट अटयाकमा अब्बल रहयो। नेपाल डिफेन्स र ब्लकमा नराम्ररी चुक्यो। जसले गर्दा २५-१४ र २५-१७ ले कगातार तेस्रो र चौथो सेट जित्दै क्यालीकटले सानदार शैलीमा उपाधि माथी कब्जा जमायो।
क्यालिकट लिग चरणमा तेस्रो हुँदै र नेपाल दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा क्यालीकटले इरानलाई र हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई हराएको थियो।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]