9 years ago
June 14, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशमा सुखद सुरुआत गरेका छन् । प्रशिक्षण जीवनमा नयाँ यात्रा प्रारम्भ गर्ने क्रममा महर्जन दश दिनअघि बंगलादेश पुगेका थिए । उनको टोली ब्रदर्श युनियन पहिलो खेल जित्दै वाल्टन फेडेरेसन कपको क्वार्टरफाइनल पुगेको छ । उनको टोलीले सोमबार उत्तर बरिधारालाई १–० ले हराएको थियो ।
३० औं मिनेटमा नाइजेरियन फरवार्ड एकोचा किङ्सलेलाई गोलकिपर मोहम्मद राजिवले लडाएपछि ब्रदर्श युनियनले पनोल्टी पाएको थियो । किङ्सले नै पेनाल्टीमा गोल गरेका थिए ।
पहिलो खेलबाट अन्तिम आठमा प्रवेश गरेको ब्रदर्श युनियनले समूह सीको विजेताका लागि शेख जमला डीसीसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा शेख जमालसँग ६–० ले पराजित भएको बरिधारा प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।
तीन महिनाको सम्झौतामा ब्रदर्श युनियन पुगेका पूर्व राष्ट्रिय खेलाडी महर्जनले मासिक १ हजार ५ सय डलर पारिश्रमिक पाउँछन् । गत माघमा उनको नेतृत्वमा नेपाली राष्ट्रिय टोलीले बंगबन्धु गोल्डकप जितेपछि ब्रदर्शले उनलाई सम्झौताको प्रस्ताव राखेको थियो । नेपालमा रुस्लान थ्री स्टार र लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीलाई प्रशिक्षक दिएका उनले केही समय भारत सिक्किमको डेन्जोङ ब्वाइजको नेतृत्व समेत गरेका थिए । सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका महर्जनले २००७ बाट प्रशिक्षण जीवन सुरु गरेका थिए ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]