default_image

5 years ago

October 20, 2019

नेपालले म्यानमार र इंग्ल्यान्ड सी सँग मैत्रीपुर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ को छनोटमा प्रतिस्पर्धा गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीले म्यानमार र इंग्ल्यानडको ‘सी’ टिमसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे जानकारी गराएको हो ।  कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट खेलिरहेको नेपालले ७ नोभेम्वरमा मनडालेमा म्यानमारसँग मैत्रीपुर्ण खेल खेल्नेछ […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ को छनोटमा प्रतिस्पर्धा गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीले म्यानमार र इंग्ल्यानडको ‘सी’ टिमसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे जानकारी गराएको हो ।  कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट खेलिरहेको नेपालले ७ नोभेम्वरमा मनडालेमा म्यानमारसँग मैत्रीपुर्ण खेल खेल्नेछ ।

इंग्ल्यान्डको ‘सी’ टिमसँग २५ मार्च २०२० मा खेल हुने एन्फाले जनाएको छ । खेल एल्डरसट टाउन फुटबल क्लबमा हुने छ ।
इंग्ल्यान्डसँग खेल्ने व्यवस्था नेसनल लिग सिस्टम र फुटबल अपरेसन डिभिजन अफ फुटबल एसोसिएसनका अभ्यक्ष लरेन्स जोन्स र इंग्ल्यान्डका नेपाली राजदुत डक्टर दुर्गा बहादुर सुवेदीले मिलाएका हुन् ।

विश्वकप छनोटको चार अवे खेलमा नेपाल समूह ‘बी’ मा ३ अंक जोडेर चौथो स्थानमा रहेको छ । अब सबै चार होम खेल त्रिपुरेश्वरस्थित दरशथ रंगशालमा हुनेछ । नेपालले पहिलो होम म्याच नोभेम्वर १९ मा दशरथ रंगशालामा खेल्दैछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.