9 years ago
June 15, 2016
टेक्सस (एजेन्सी) – अर्जेन्टिनाले कोपा अमेरिका सेन्टेनारियोअन्तर्गत समूह चरणको अन्तिम खेलमा बोलेभियालाई ३–० ले हराएको छ । स्टार लियोन मेसी दोस्रहो हाफमा मैदान प्रवेश गर्नुअघि नै अर्जेन्टिनाले पहिलो हाफमै तीन गोल गरिसकेको थियो । अर्को खेलमा पानामालाई हराउँदै चिली क्वार्टरफाइनल प्रवेश गरेको छ ।
लगातार तीन खेल जितेको अर्जेन्टिना समूह डीको विजेता बनेको छ । इरिक लामेलाले १३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता दिलाएका थिए भने त्यसको दुई मिनेटपछि इजिक्ेव लाभेजीले गोल थपे । लाभेजीको बलमा भिक्टोर क्विस्टाले ३२ औं मिनेटमा तेस्रो गोल गरे ।
बोलेभिया यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको यिथो । सन् १९७९ बाट कोपा खेल्न थालेको बोलेभियाले अहिले सम्म अर्जेन्टिनालाई हराउन सकेको छैन ।
त्यसअघि समूहको अर्को खेलमा चिलीले पानामालाई ४–२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । फिफा वरियताको अर्जेन्टिना शीर्ष र चिली उपविजेताका रुपमा अघि बढेका हुन् । इडुरोडो भारगास र एलेक्स सान्चेजले समान २ गोल गरे । प्रतियोगिताबाट बाहिरीएको पानामाका लागि मिगुल कामार्गो र एबियल आरोयोले गोल फर्काए ।
अर्जेन्टिनाले भेनेजुयाला र चिलीले मेक्सिकोसँग क्वार्टरफाइनल खेल्नेछ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]