default_image

5 years ago

October 26, 2019

पुलिसलाई जेसीज विकास रनिङ शिल्ड उपाधि, रवि सर्वोत्कृष्ट

117 views

0 Bookmark

विनोदबाबु रिजाल,भरतपुर
विभागीय टोली नेपाल पुलिस क्लबले टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नारायगढको क्याम्पाचौरमा शनिबार भएको फाइनल घरेलु टोली चितवन–११ लाई टाइब्रेकरमा ४–२ को जित निकाल्दै पुलिसले उपाधि जितेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट लिइएको हो । टाई–ब्रेकरमा चितवनका दुई खेलाडी गोल गर्न चुकेपछि पुलिसको जित सहज बनेको थियो ।

पेनाल्टीमा चितवनका कप्तान रुमेश बर्तौला र अश्विन पाख्रिनको प्रहार सफल भएन । सुधांस महतो र अजय गुरुङको प्रहार भने गोल परिणत भएको थियो । पुलिसका तर्फबाट पेनाल्टी प्रहार गरेका भरत साह, सुमन लामा, अजित भण्डारी र हरि कठायत सबैले गोल गरे ।

जितसँगै पुलिसले उपाधिसहित ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ तथा चितवनले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका पुलिसका मिडफिल्डर रवि पासवान सर्वोत्कृष्ट खेलाडी चुनिए र उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।

उत्कृष्ट गोलरक्षक बनेका पुलिसका सत्रुधन चौधरी, उत्कृष्ट रक्षक बनेका चितवनका सुधांस महतो, उच्च गोलकर्ताद्वय पुलिसका सुमन लामा र चितवन–११ का रुमेश बर्तौला र अनुशासित टोली घोषित जावलाखेल युथ क्लबले समान १५ हजार रुपैयाँ पाए ।

फाइनलको म्यान अफ दी म्याच पुलिसका रक्षक मानबहादुर विश्वकर्माले १० हजार प्राप्त गरे । गत असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभातिा थियो ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.