default_image

5 years ago

October 27, 2019

लेवान्डोस्कीको कीर्तिमानसँगै बायर्न शीर्षस्थानमा

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले कीर्तिमान रचेपछि बायर्न म्युनिखले शनिबार युनियन बर्लिनलाई २-१ ले पराजित गरेको छ । लेवान्डोस्कीले बुन्डेसलिगा सिजनको सुरुवाती ९ खेलमा नै लगातार गोल गर्दै कीर्तिमान राखेका हुन् । खेलको पहिलो हाफमा नै बेन्जामिन पाभार्डको गोलमा बायर्नले अग्रता लिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा गोल गर्दै लेवान्डोस्कीले बायर्नको अग्रता […]

42 views

0 Bookmark

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले कीर्तिमान रचेपछि बायर्न म्युनिखले शनिबार युनियन बर्लिनलाई २-१ ले पराजित गरेको छ । लेवान्डोस्कीले बुन्डेसलिगा सिजनको सुरुवाती ९ खेलमा नै लगातार गोल गर्दै कीर्तिमान राखेका हुन् ।

खेलको पहिलो हाफमा नै बेन्जामिन पाभार्डको गोलमा बायर्नले अग्रता लिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा गोल गर्दै लेवान्डोस्कीले बायर्नको अग्रता दोब्बर पारे । यो उनको जारि सिजनको १९ औं गोल पनि हो । खेलको ४ मिनेट समय बाँकी रहँदा बर्लिनका लागि सबास्टियन पोलारले पेनाल्टीमार्फत गोल फर्काएपनि बायर्नले जित दर्ता गर्न सफल रहयो ।

जारी सिजन उत्कृष्ट लयमा रहेका लेवान्डोस्कीले लगातार गोल गरिरहेका छन् । उनले सन् २०१९ मा खेलेका ३७ खेलमा ३७ गोल गरेका छन् । यसक्रममा उनले लिओनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र किलियन एमबाप्पेलाई पनि उछिनेका छन् । उनले सिजनमा पनि १४ खेलमा १९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले बायर्नका सबै प्रतियोगितामा पछिल्ला १३ खेलमा लगातार गोल गरेका छन् ।

यस जितसँगै बायर्न अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बायर्नको ९ खेलमा १९ अंक छ भने दोस्रो स्थानको फ्राइबर्गको १७ अंक छ । डर्टमुन्ड शनिबार साल्केसँग गोलरहित बराबरीमा रोकिँदा ९ खेलमा १६ अंकसहित तेस्रो स्थानमा छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.