default_image

5 years ago

October 30, 2019

युभेन्ट्सलाई उछिन्दै इन्टर मिलान शीर्षस्थानमा

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत मंगलबारको खेलमा ब्रेसियालाई पराजित गर्दै इन्टर मिलान अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । ब्रेसियाको मैदानमा इन्टरले २-१ को जित दर्ता गरेको हो । इन्टरका लागि खेलको २३ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले गोल गर्दै अग्रता दिलाएका थिए । उनको प्रहार विपक्षी खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो । […]

26 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत मंगलबारको खेलमा ब्रेसियालाई पराजित गर्दै इन्टर मिलान अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । ब्रेसियाको मैदानमा इन्टरले २-१ को जित दर्ता गरेको हो ।

इन्टरका लागि खेलको २३ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले गोल गर्दै अग्रता दिलाएका थिए । उनको प्रहार विपक्षी खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो । दोस्रो हाफको ६३ औं मिनेटमा उत्कृष्ट लयमा रहेका फरवार्ड रोमेलु लुकाकुले इन्टरको अग्रता दोब्बर पारे । यसै सिजन म्यानचेस्टर युनाइटेडबाट आएका लुकाकुले दायाँ विङबाट बललाई पोस्टतर्फ ल्याउँदै २५ यार्ड टाढाबाट गोल गरेका थिए । उनले यस सिजन १० खेलमा ७ गोल गरिसकेका छन् ।

खेलको ७६ औं मिनेटमा ब्रेसियाले गोल गर्दै खेलमा फर्कने लक्षण देखायो । इन्टरका डिफेन्डर मिलान स्क्रिनियरले आत्मघाती गोल गरेपनि इन्टरले त्यसपछि सम्हालिएको प्रदर्शन गर्यो । यसै सिजन टोलीको जिम्मेवारी सम्हालेका प्रशिक्षक एन्टोनियो कोन्टेले टोलीसँग रहेर राम्रो प्रदर्शन गरिरहेका छन् ।

यस जितसँगै इन्टर अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । इन्टरले १० खेलमा ८ जित, १ बराबरी र १ हारसँगै २५ अंक जोडेको छ । साविक विजेता युभेन्टस ९ खेलमा २३ अंकसहित दोस्रो स्थानमा छ । जारि सिजन अपराजित रहेको युभेन्ट्सले बुधबार जेनोआको सामना गर्दैछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.