default_image

4 years ago

October 31, 2019

रोमाञ्चक खेलमा आर्सनलमाथि लिभरपुलको जित

एजेन्सी– आर्सनललाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै लिभरपुल कारबाओ कपको क्वार्टरफाइनलमा पुगेको छ । गए राती निर्धारित ५–५ को बराबरीपछिको टाइब्रेकरमा लिभरपुलले बाजी मारेको थियो । डिभोक ओरिगीले इन्जुरी समयको चौथो मिनेटमा  बराबरी गोल गरेपछि खेल लम्बिएको थियो । छैटौं मिनेटमा स्कोर्डान मुस्ताफीको आत्मघाती गोलमा योर्गन क्लोपको टोलीले अग्रता लिएको थियो । तर लुकास टोरिराले […]

31 views

0 Bookmark

एजेन्सी– आर्सनललाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै लिभरपुल कारबाओ कपको क्वार्टरफाइनलमा पुगेको छ । गए राती निर्धारित ५–५ को बराबरीपछिको टाइब्रेकरमा लिभरपुलले बाजी मारेको थियो । डिभोक ओरिगीले इन्जुरी समयको चौथो मिनेटमा  बराबरी गोल गरेपछि खेल लम्बिएको थियो ।

छैटौं मिनेटमा स्कोर्डान मुस्ताफीको आत्मघाती गोलमा योर्गन क्लोपको टोलीले अग्रता लिएको थियो । तर लुकास टोरिराले १९ औं मिनेटमा बराबरी गोल गरेका थिए । गाब्रियल मार्टिनेलीले २६ औं र ३६ औं मिनेटमा गोल गरेपछि आर्सनल ३–१ ले अगाडि लागेको थियो । ४३ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टी गोल गरेपछि लिभरपुलले अन्तर घटाएको थियो ।

५४ औं मिनेटमा एन्सले मेटल्यान्ड नाइल्सले गोल गर्दै पुन आर्सनलको अन्तरलाई बढाए । त्यसपछि लिभरपुलले ४ मिनेटको फरकमा २ गोल गर्दै खेलमा पुनरामगन गरेको थियो । एलेक्स अक्सलाडे चेम्बरलेनले ५८ औं र ओरिगीले ६२ औं मिनेटमा गोल गर्दैै अन्तर कम गरे । त्यो अवस्थामा सम्म पनि आर्सनल नै अघिल्लो चरण जाने सम्भावना देखिएको थियो ।

तर ओरिगीले इन्जुरी समयमा गोल गर्दै खेललाई ५–५ को अवस्थामा पुर्याए र खेल पेनाल्टीमा गयो । उनले निको विलियमको पासमा गोल गरेका थिए । सुरुवाती ३ पेनाल्टीमा दुवै टोलीले गोल गरे । चौथोमा आर्सनलका ड्यानी सेबालोस असफल भए । लिभपरुलका लागि ओरिगीले गोल गरे । पाँचौं पेनाल्टीमा आर्सनलका नाइल्सले गोल गरेपनि लिभपुलका कर्टिस जोन्सको गोल निर्णायक बन्यो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.