default_image

4 years ago

November 2, 2019

राष्ट्रिय टोलीमा भरतको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद ) – फरवार्ड भरत खवासले ६ महिना भन्दा लामो समयपछि राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । विश्वकप छनोटमा जोर्डनविरुद्व रहेका ४ महत्वपूर्ण खेलाडीलाई विश्राम दिदैं बिहीबार म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि शनिबार २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गर्दा भरत टोलीमा समेटिएका हुन् । भरत पछिल्लो पटक कुवेतविरुद्ध मार्चमा खेलिएको मैत्रीपूर्ण खेलमा […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद ) – फरवार्ड भरत खवासले ६ महिना भन्दा लामो समयपछि राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् ।

विश्वकप छनोटमा जोर्डनविरुद्व रहेका ४ महत्वपूर्ण खेलाडीलाई विश्राम दिदैं बिहीबार म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि शनिबार २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गर्दा भरत टोलीमा समेटिएका हुन् । भरत पछिल्लो पटक कुवेतविरुद्ध मार्चमा खेलिएको मैत्रीपूर्ण खेलमा सहभागी भएका थिए ।

गोलकिपर किरण चेम्जोङ, रोहित चन्द, विशाल राई र हेमन गुरुङ यस पटक टोलीमा छैनन् । मैत्रीपूर्ण खेलको लागि प्रमुख प्रशिक्षक जोहन कालिनले  ४ को सट्टा भरतसहित गोलकिपर एलेन न्यौपाने, सुवास गुरुड र मिछेन तामाडलाई समेटेका छन् । सुवास र मिक्छेन पहिलो पटक टोलीमा परेका हुन् ।

किरण र रोहित व्यावसायिक जिम्मेवारीका लागि विदेशमा छन् । विशाललाई घुँडाको समस्या र हेमनलाई विरामीका कारण आरम दिइएको बताइएको छ ।

नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल नोभेम्बर ७ मा हुने छ । यस मेत्रीपूर्ण खेललाई फिफा विश्वकप छनोट २०२२ अन्तर्गत नोभेम्बर १९ मा घरेलु मैदानमा हुने कुवेतसँगको खेल अघि तयारीको रुपमा लिइएको छ ।

गोलरक्षकमा विकेश कुथु, बिशाल श्रेष्ठ, एलान न्यौपाने रहेका छन् । डिफेन्डर सरोज दाहाल,अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, दवेन्द्र तामाङ, रजिन धिमाल, सुमन आर्यल रहेका छन् ।

मिडफिल्डर सुनिल बल, रवि पास्वान, अञ्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्छेन तामाङ रहेका छन् ।

फरर्वाडमा भरत खवास, विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.