9 years ago
June 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)–राष्ट्रिय फुटबल टोलीका स्टार स्ट्राइकर नवयुग श्रेष्ठले मोटरसाइकलले मोटरसाइकल पुरस्कारमा पाएका छन् । फुटबल टोलीबाट विशेष योगदान गरेका कारण स्याकार ट्रेडिङ प्रालीले बुधबार उनलाई होन्डा हर्नेट १६० आर बाइक दिएको उल्लेख गरेको छ ।
जेठ १५ गते गणतन्त्र दिवसका दिन नेपाल सरकारबाट प्रवल जनसेवा मानपदवीबाट सम्मान हुने घोषणमा परेको नवयुगले जेठ १८ गते दुई महत्वपूर्ण उपाधि दिलाउने टोलीको सदस्य भएका नाताले १० लाख रुपैयाँ प्राप्त गरेका थिए ।
त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठले नेपालले पछिल्लो पटक प्राप्त गरेको दुई सफलतामा उनको विशेष भूमिका रहेको थियो । नेपालले भारतमा फागुनमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्नुका साथ त्यसको एक महिना अघिद्ध बंगलादेशमा बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । दुवैमा नवयुगको प्रदर्शन स्मरणीय रहेको यिथो । ती दुई प्रतियोगितामा नवयुगले तीनवटा ह्याट्रिक गरेका थिए ।
बंगबन्धुमा एक ह्याट्रिक सहित ४ गोल गरेका नवयुगले सागमा दुई ह्याट्रिक सहित ७ गोल आफ्नो नाममा लेखाएका थिए । एन्फाले साग विजेतालाई ५ लार बंगबन्धु गोल्डकप विजेता टोली सदस्यलाई ५ लाख रुपैयाँबाट पुरस्कृत गरेको थियो ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]