default_image

5 years ago

November 3, 2019

एन्फा सोलिडारिटी कप फुटबल हुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ प्रतियोगिताका रुपमा यसै महिना सोलिडारिटी फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । फुटबल विकासका लागि सहकार्यको दायरालाई फराकिलो पार्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको एन्फाका महासचिव इन्द्रमान तुलाधारले बताएका छन् । अर्को महिना हुने सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बढी भन्दा बढी सरोकारवालाहरुको […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ प्रतियोगिताका रुपमा यसै महिना सोलिडारिटी फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । फुटबल विकासका लागि सहकार्यको दायरालाई फराकिलो पार्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको एन्फाका महासचिव इन्द्रमान तुलाधारले बताएका छन् ।

अर्को महिना हुने सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बढी भन्दा बढी सरोकारवालाहरुको सहकार्य रहोस् भन्ने उद्देश्यका साथ वामवर्पका रुपमा सोलिडारिटी फुटबल आयोजना गर्न लागिएको महासचिव तुलाधरले बताए ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा कात्तिक २९ गतेबाट प्रतियोगिता ४ दिन सम्म चल्ने बताइएको छ । प्रतियोगितामा बढी भन्दा बढी टोलीको सहभागिता रहोस् भन्ने एन्फाको चाहना रहेको तुलाधरले सुनाए ।

प्रतियोगितामा औद्योगिक प्रतिष्ठान, बैंकर्स, दुतवास र गैर सरकारी संस्थाको सहभागिता रहने एन्फाले जनाएको छ । यस्ता प्रतिष्ठानहरुसँगको सहकार्यले लिग फुटबल अझै बढी प्रभावकारी हुने विश्वास संघले लिएको जनाइएको छ ।

‘अर्को महिना लिग फुटबल आयोजना गर्दैछौं । त्यसलाई मध्यनजर गर्दै फुटबल विकासमा सहयात्रीहरुको बढाउन सकिन्छ भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेका हौं,’ महासचिव तुलाधरले भने,‘ सबैको सहयोग विना फुटबल विकास सम्भव छैन ।’ एन्फाले ए डिभिजन लिग मंसिर २८ गते सुरु गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । प्रतियोगिताको लागि एन्फाले आइडिया सपसँग रणनीतिक साझेदारी गरेको जनाएको छ ।

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

Success

Thank you for your time.