default_image

5 years ago

November 4, 2019

चेल्सीलाई उछिन्दै लेस्टर तेस्रो

एजेन्सी – लन्डन क्लब चेल्सीलाई उछिन्दै लेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा तेस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो । जितसँगै लेस्टरले २३ अंक जोड्दै चेल्सीलाई गोल अन्तरमा पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो । घरेलु टोली क्रिष्टलविरुद्ध लेस्टरको […]

25 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीलाई उछिन्दै लेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा तेस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो ।

जितसँगै लेस्टरले २३ अंक जोड्दै चेल्सीलाई गोल अन्तरमा पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो । घरेलु टोली क्रिष्टलविरुद्ध लेस्टरको जितमा कागलर सोयुन्चु र जेमी भर्डीले गोल गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि लेस्टरले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।

५७औं मिनेटमा सोयुन्चुले कर्नरमा हेडरमार्फत गोल गर्दै लेस्टरलाई अग्रता दिलाए । जेमी भर्डीले ८८औं मिनेटमा आन्द्रे ग्रेको क्रसमा गोल गर्दै लेस्टरलाई २–० को जित दिलाए । लिभरपुल ३१ अंकसहित शीर्षस्थानमा रहँदा २५ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.