default_image

5 years ago

November 4, 2019

टोटेनहम एभर्टनसँग रोकियो

एजेन्सी – अन्तिम समयमा सम्हालिन नसक्दा टोटेनहम इंग्लिस प्रिमियर लिगमा एभर्टनसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको टोटेनहम एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । गुडिसन पार्कमा आइतबार राति भएको निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६३औं मिनेटमा डेल अलीको गोलबाट टोटेनहम खेलमा अघि बढेको थियो । उनले ह्युङ […]

22 views

0 Bookmark

एजेन्सी – अन्तिम समयमा सम्हालिन नसक्दा टोटेनहम इंग्लिस प्रिमियर लिगमा एभर्टनसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको टोटेनहम एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

गुडिसन पार्कमा आइतबार राति भएको निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६३औं मिनेटमा डेल अलीको गोलबाट टोटेनहम खेलमा अघि बढेको थियो । उनले ह्युङ मिन सनको पासलाई सदुपयोग गरेका थिए । पहिलो हाफमा दुवै टोलीले अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् ।

७९औं मिनेटमा टोटेनहम १० खेलाडीमा समेटियो । आन्द्र गोमेजमाथि फल गरेपछि रेफ्रीले सनलाई सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । उक्त ट्याकलपछि गोमेस सर्ज औरियरसँग जुध्न पुग्दा गोमेसको खुट्टामा गम्भीर चोट लागेको थियो । गोमेसको चोटपछि दुवै टोलीका सदस्य केहि अत्तालिएका थिए । गम्भीर चोट लागेपछि गोमेसको उपचारमा केहि समय लागेको थियो ।

रेफ्रीले इन्ज्युरी समयका रुपमा १२ मिनेट समय थपेका थिए । उक्त समयको आठौं मिनेटमा एभर्टनले खेलमा बराबरी गर्न सफल भयो । एभर्टनका सेन्क टोसुमले लुकास डिग्नेको पासमा गोल गर्दै सम्भावित हार टारे । बराबरीसँगै टोटेनहम ११ खेलबाट १३ अंक जोडेर ११औं स्थानमा छ । एभर्टन ११ अंकसहित १७औं स्थानमा छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.