default_image

5 years ago

November 4, 2019

मिलानको अर्काे हार

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ आफ्नो कमजोर प्रदर्शनलाई निरन्तरता दिदा घरेलु मैदानमा लाजियोसँग पराजित भएको छ । घरेलु मैदानमै मिलान लाजियोसँग २–१ ले पराजित भएको हो । लाजियोले तीस वर्षपछि एसी मिलानलाई उसको मैदानमा हराएको हो । लाजियोको जितमा सिरो इम्मोबिले र जोवाक्वीन कोरियाले गोल गरे । घरेलु टोलीले आत्मघाती गोल उपहार पाएको […]

24 views

0 Bookmark

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ आफ्नो कमजोर प्रदर्शनलाई निरन्तरता दिदा घरेलु मैदानमा लाजियोसँग पराजित भएको छ । घरेलु मैदानमै मिलान लाजियोसँग २–१ ले पराजित भएको हो ।

लाजियोले तीस वर्षपछि एसी मिलानलाई उसको मैदानमा हराएको हो । लाजियोको जितमा सिरो इम्मोबिले र जोवाक्वीन कोरियाले गोल गरे । घरेलु टोलीले आत्मघाती गोल उपहार पाएको थियो । खेलको २५औं मिनेटमा लाजियोले अग्रता लिएको थियो । सिरो इम्मोबिले लाजेरिको पासमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । यो इम्मोबिलेको लाजियोका लागि १ सयौं गोल पनि थियो ।

तीन मिनेटपछि लाजियोका बास्टोसले आत्मघाती गोल गर्दा पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । ८३औं मिनेटमा लुइस अल्बर्टोको पासमा कोरियाले गोल गर्दै लाजियोलाई जित दिलाए । लाजियोले झन्डै ३० वर्षपछि मिलानको मैदानमा जित दर्ता गरेको हो ।

जितसँगै लाजियो २१ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । मिलान १३ अंकसहित ११औं स्थानमा छ । युभेन्टस (२९), इन्टर मिलान (२८) र रोमा (२२) अंकसहति शीर्ष तीनमा छन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.