लियोन (एजेन्सी)– गारेथ म्याकआउले र नेल म्याकगिनले दोस्रो हाफमा गोल गरेपछि युक्रेनलाई २–० ले हराउँदै नर्दन आयरल्यान्डले युरोपियन च्याम्पियनसिपको नकआउट चरण पुग्ने सम्भावनालाई अन्तिम खेल सम्म लम्बाएको छ ।
समूह डीमा जर्मनी, पोल्यान्ड र नर्दन आयरल्यान्डको समान ३ अंक छ । अहिले हुने खेलमा जर्मनी र पोल्यान्ड भिड्दैछन् । समूहको अन्तिम खेलमा नर्दन आयरल्यान्डले जर्मनी र युक्रेनले पोल्यान्डको सामना गर्नेछ ।
अगाडी बढ्न जित्नै पर्ने बाध्यताका साथ उत्रेका दुई टोलीको पहिलो हाफमा गोल हुन सकेन । ४९ औं मिनेटमा म्याआउनले सनसनीपूर्ण हेड गोल गरेपनि नर्दन आयरल्यान्डले अनेपक्षित अग्रता लिएको थियो । युरोपियन च्याम्पियनसिपमा टोलीको पहिलो गोल हो ।
दोस्रो हाफमा मैदान छिरेका म्याकगिनले ६ मिनेट इन्जुरी समयको केही सेकेन्ड मात्र बाँकी रहँदा गोल गरेका थिए । पाँच खेलमा युक्रेनविरुद्ध नर्दन आयरल्यान्डको त्यो पहिलो जित हो ।