default_image

5 years ago

November 4, 2019

रेजिनलाई यू-१९ कप्तानको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–१९ च्याम्पियनसिप छनोटका लागि रेजिन सुब्बालाई कप्तानको जिम्मेवारी प्रदान गरेको छ । इरानमा आयोजना हुने एएफसी यु–१९ च्याम्पियनसिपका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्नुअघि मुख्य प्रशिक्षक मेघराज केसीले रेजिनलाई कप्तानको जिम्मेवारी प्रदान गरेका हुन् । बिदाईमा उनलाई नेपालको झण्डा हस्तान्तरण गरिएको थियो । विकास खवास […]

29 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–१९ च्याम्पियनसिप छनोटका लागि रेजिन सुब्बालाई कप्तानको जिम्मेवारी प्रदान गरेको छ ।

इरानमा आयोजना हुने एएफसी यु–१९ च्याम्पियनसिपका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्नुअघि मुख्य प्रशिक्षक मेघराज केसीले रेजिनलाई कप्तानको जिम्मेवारी प्रदान गरेका हुन् । बिदाईमा उनलाई नेपालको झण्डा हस्तान्तरण गरिएको थियो । विकास खवास टोलीका उपकप्तान छन् । नेपाली टोली सोमबारै त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर, उपाध्यक्ष उपेन्द्रमान सिंह लगायतले बिदाई गरे । मुख्य प्रशिक्षक मेघराज केसीले शनिबार घोषणा गरेको २३ सदस्यीय टोलीमा साफ यु–१८ खेलेका अधिकांश खेलाडीले टोलीमा स्थान बनाउन सकेका छैनन् ।

राष्ट्रिय टोलीको क्याम्पमा परिसकेका मिडफिल्डर नितिन थापा, ललित मेमोरियल यु–१८ फुटबल च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी र साफ यु–१८ रहेका ब्रिजेश चौधरी, शिशिर लेखी र सूर्य अधिकारीले टोलीमा स्थान बनाउन सकेनन् । एएफसी यू–१९ च्याम्पियनसिपको छनोटको समूह ‘डी’ मा आयोजक इरान, यूएई र किर्गिस्तान रहेको छ ।

नेपालले ६ नोभेम्बरमा यूएई, ८ मा इरान र १० नोभेम्वरमा किर्गिस्तानसँग खेल्नेछ । साफ यू–१८ मा खराब प्रदर्शन गर्दै समुह चरणबाट बाहिरिएपछि तत्कालिन प्रशिक्षक चेतनारायण श्रेष्ठसहितको प्रशिक्षण टोलीले राजीनामा दिएपछि एन्फाले मेघराज केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । प्रशिक्षक केसीले नयाँ खेलाडी समेत थप्दै विगत ३ सातायता प्रशिक्षण गरिरहेका थिए ।

यू–१९ टोली :

रेजिन सुब्बा (कप्तान), विकास खवास (उपकप्तान), विशाल सुनार, रोहित कार्की, पुजन होना, विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, योगेश गुरुङ, निराजन महर्जन, दर्शन गुरुङ, रन्जन पुन, आकश बुढा मगर, जय गरुङ, मनिष थापा, अनिल महर्जन, दिनेश हेन्जन, मनिष डाँगी, राजिव लोप्चन र दिपेश आलेमगर

मेघराज केसी – मुख्य प्रशिक्षक

प्रकाश अर्याल – सहायक प्रशिक्षक

उज्ज्वल मानन्धर – गोलकिपर प्रशिक्षक

रुपेश अधिकारी –व्यवस्थापक

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.