default_image

4 years ago

November 5, 2019

काउटिन्होकै पथमा ग्रिजमन

एजेन्सी– एन्टोइन ग्रिजमनलाई बार्सिलोनाले निकै अपेक्षाका साथ एट्लेटिको म्याड्रिडबाट यो सिजन भित्राएको थियो । ग्रीजमनको प्रवेशसँगै ब्राजिलियन स्टार फिलिप्पे काउटिन्होले टोलीमा पहिलो रोजाईमा पर्ने सम्भावना कम भयो । त्यहि कारणले काउटिन्हो लोनमा बायर्न म्युनिख गए । तर, फ्रान्सेली स्टार ग्रिजमनले पहिलो सिजनको अहिले सम्मको अवस्थामा काउटिन्होको भन्दा उच्च प्रदर्शन गर्न सकेनन् । बार्सिलोनाका लागिा १०४७ […]

31 views

0 Bookmark

एजेन्सी– एन्टोइन ग्रिजमनलाई बार्सिलोनाले निकै अपेक्षाका साथ एट्लेटिको म्याड्रिडबाट यो सिजन भित्राएको थियो ।

ग्रीजमनको प्रवेशसँगै ब्राजिलियन स्टार फिलिप्पे काउटिन्होले टोलीमा पहिलो रोजाईमा पर्ने सम्भावना कम भयो । त्यहि कारणले काउटिन्हो लोनमा बायर्न म्युनिख गए । तर, फ्रान्सेली स्टार ग्रिजमनले पहिलो सिजनको अहिले सम्मको अवस्थामा काउटिन्होको भन्दा उच्च प्रदर्शन गर्न सकेनन् ।

बार्सिलोनाका लागिा १०४७ मिनेट खेल्दा ग्रिजमनले जसमा ४ गोल मात्र गर्न सकेका छन् । त्यस्तै ३ गोलका लागि एसिस्ट गरेका छन् । बार्सिलोनामा दोस्रो वर्ष काउटिन्हो अवस्था लगभग अबस्था त्यति नै थियो । उनले १०८० मिनेट खेल्दा अहिले ग्रिजमनको जस्तै गोल र एसिस्ट गरेका थिए ।

फरवार्ड लाइनमा भन्दा ग्रिजमले रक्षापंक्तिमा बढी योगदान गरेको देखिन्छ । उनले विपक्षीका ३४ वटा आक्रमण रोकेका थिए । त्यो त्यति नै समयमामा काउटिन्होले ३२ वटा आक्रमण विफल पारेका थिए । काउटिन्होले त्यस अवधिमा गोलका लागि २१ वटा सट प्रहार गरे भने ग्रिजमनले १७ वटा सट प्रहार गरेका थिए ।

ला लिगामा यो सिजन अझै बार्सिलोनाले २७ खेल खेल्न बाँकी छ । ला लिगाका अन्य क्लबले भन्दा बार्सिलोनाले १ खेल कम खेलेका छन् । बार्सिलोना र रियल म्याड्रिडबीचको एल क्लासिको सरेका कारण अन्य क्लबले भन्दा एक खेल कम छ । ग्रिजमनले नयाँ क्लबमा आफुलाई स्थापित गर्ने समय अझै छ । यद्दपी अहिलेको अवस्था हेर्दा उनले बार्सिलोनामा आफ्नो प्रभाव छाड्न सहज भने छैन ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.