9 years ago
June 17, 2016
राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबले आगामी अगष्टमा हुने ए.एफ.सी. कप २०१७को छनोट चरण मंगोलियामा खेल्ने भएको छ|
आज भएको ए.एफ.सी. कपको छनोट चरणको ड्रमा नेपालको थ्री स्टार क्लब समूह ‘ख’मा रहेर मंगोलियाको एर्चिम एफ.सी. र कम्बोडियाको नगवोर्ल्ड एफ.सी. संग भिड्नेछ| छनोट चरण पार गरेमा थ्री स्टार क्लबले प्रारम्भिक चरणको प्ले-अफ खेल्न पाउनेछ| समूह विजेता मात्र अर्को चरणमा पुग्ने व्यवस्था रहेको छ|
मंगोलिअको एर्चिम एफ.सी.ले खेलको आयोजना गर्नेछ भने अन्य तिन समूहबाट पनि एक-एक टोलि अघि बढ्नेछन|
विगतको वर्षमा ए.एफ.सी प्रेसिडेन्ट्स कपमा भाग लिन पाउने नेपाली क्लबले अब ए.एफ.सी. कपको छनोट देखि खेल्ने व्यवस्था रहीआएकोमा मनाङ मर्श्यन्ग्दी क्लबले गत सिजन भाग लिएको थिएन|
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]