9 years ago
June 17, 2016
नेपाली समय अनुसार आज बिहानै भएको कोपा अमेरिकाको खेलमा आयोजक टोली अमेरिका इक्वेडरलाई २-१ले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
आयोजक राष्ट्र अमेरिकाले खेलको २२औ मिनटमा नै आग्रता लिएको थियो, अमेरिकाका लागि भेट्रान खेलाडी डेम्प्सिले गोल गरेका थिए । सो पश्चात पहिलो हाल्फमा अर्को गोल हुन सकेन ।
दोस्रो हाल्फको ७औ मिनटमा अमेरिकाका जोनास र इक्वेडरका भ्यालेन्सियाले रेड कार्ड पाउदा दुबै टोली १०-१० खेलाडिमा सिमित भएको थियो । खेलको ६५औ मिनटमा खेलमा अमेरिकाले २-०को आग्रता लियो, अमेरिकाको लागि गायसि जार्डेसले गोल गरेका थिए । इक्वेडरका लागि एक मात्र गोल आरोयोले गरेका थिए ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]