6 years ago
November 7, 2019
पोखरा (हाम्रो खेलकुद)– कास्की जिल्ला फुटबल संघको जुनियर टोलीलाई प्रशिक्षण दिएका नेदरल्यान्ड्सका अमाडेउ कानडिडो डी ओलिभेइरा अवैद्य रुपमा पोखरामा बसोबास गर्दै आएको पाइएपछि पक्राउ परेका छन् ।

उनी ४ वर्षयता पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा बसोबास गर्दै आएका थिए । चेकजाँचका क्रममा उनीसँग पासपोर्टलगायत कुनै पनि कागजात नभेटिएपछि आवश्यक कारवाहीका लागि अध्यागमन कार्यालय पोखरामा बुझाइएको बताइएको छ । प्रहरीले थप अनुसन्धान गरेर दोषी पाइएमा उनलाई डिपोर्ट गरिनेछ र एक वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध हुनेछ ।
नेपालमा पछिल्लो समय विदेशी नागरिक खेलकुदमा संलग्न हुने क्रम बढ्दो छ । विशेषगरी फुटबल र एथलेटिक्समा विना अनुमति खुलेआम विदेशी सहभागिता रहँदै आएको छ । यसबारे नियमनकारी निकाय कमजोर हुँदा अनधिकृत रुपमा खेलकुदमा विदेशी नागरिकको संलग्नता बढेको हो । खेलकुदलाई माध्यम बनाएर नेपाल पस्दै विभिन्न अपराधिक कार्य गर्ने क्रममा यसअघि एक विदेशी नागरिक पक्राउ पनि परेका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]