default_image

4 years ago

November 11, 2019

नेपाल र कुवेतको खेल अन्ततः भुटानमै हुने

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र कुवेतबीच मंसिर ३ गतेको विश्व कप छनोटको खेल अन्ततः भुटानमा हुने तय भएको छ । दशरथ रंगशालाको पुर्न निर्माण सम्पन्न भइनसकेको कारण एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाल र कुवेतको खेल त्यहाँ हुन नसक्ने निर्णय गरेको थियो ।

नेपालले न्यूट्रल भेन्यूका रुपमा भुटानका चाङलिमिथाङ रंगशाला प्रस्ताव गरेको थियो । तर कुवेतले त्यहाँ पनि खेल्न अस्वीकार गर्दै आएको थियो । यसबीचमा एएफसी र फिफाले नेपालले प्रस्ताव गरे अनुसार नेपालको प्रस्ताव अनुसार नै भुटानमा खेल गराउन स्विकृति दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

नेपालले भदौमा कुवेतविरुद्ध अवे खेल खेल्दै विश्व कप छनोटको सुरुवात गरेको थियो । जसमा नेपाल ७–० को लज्जास्पद अन्तरमा पराजित भएको थियो । त्यसको ५ दिन पछि चाइनिज ताइपेलाई २–० ले हराएको नेपालका लागि दुवै गोल अन्जन विष्टले गरेका थिए । गत महिना भएका दुवै खेलमा नेपालले लगातार हार बेहोरेको थियो । अष्ट्रेलियासँग ५–० को हार र त्यसको ५ दिन पछि जोर्डनसँग ३–० को हार बेहोर्दै नेपाल टोली स्वदेश फर्केको थियो ।

अबका बाँकी सबै ४ खेल नेपालले नेपालमा खेल्नु पर्ने थियो । तर दशरथ रंगशालाको भिआइपी प्यारापिटको छाना हाल्ने र सिटको काम अझै नसकिएपछि एएफसीले स्थलगत निरिक्षणपछि त्यहाँ खेल गराउन अस्वीकार गरेको थियो । त्यसअघि नै कुवेतले दशरथ रंगशालाको निरिक्षण गरि त्यहाँ खेल्न नसक्ने एएफसीलाई जनाएको थियो ।

विकल्पका रुपमा नेपालले भुटान प्रस्ताव गर्दा कुवेतले त्यहाँ पनि नखेल्ने बताएको थियो । केहि दिन अघि कुवेतका फुटबल पदाधिकारीले एएफसीका अध्यक्ष शेख सलमानलाई भेटी भुटानमा खेल्न नसक्ने र अन्यत्र कतै खेल गराउन लविङ गरेको थियो । तर, एएसफीले नेपालको प्रस्तावलाई स्वीकार गर्दै शंकाको अन्त्य गरेको छ ।

 

 

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.