नेपाली समय अनुसार आज बिहानै भएको डेफेन्डिङ च्याम्पियन स्पेनले टर्किलाई ३-१ले पराजित गरेको छ । यो जितले स्पेन अर्को चरणमा पुग्ने निश्चित भएको छ । स्पेनले पहिलो खेल चेक गणतन्त्रलाई पराजित गरेको थियो ।
वर्ल्ड कपमा खराब प्रदर्शनपछी निकै आलोचित भएको स्पेनको लागि यो प्रतियोगितामा आलोचकहरुको मुख बन्द गराउने मौका पनि रहेको छ । आफ्न केहि नाम चलेका फर्वार्डहरुलाई नसमेटी नयाँ अनुहारहरुलाई मौका दिएको यस प्रतियोगितामा हिजोको खेलमा नयाँ प्रतिभाहरुले आफ्नो खेलबाट समर्थकहरुलाई निराश हुने मौका दिएनन ।
जित्नैपर्ने अवस्थामा उत्रीएको टर्किले सुरुमै दबाब बनाउदा स्पेनका कप्तान रामोसले पहेलो कार्डको सामना गरेका थिए । खेल मा चम्किएका स्पेनका फर्वार्ड मोराटाले दुई गोल गरेका थिए । उनले ३४औ र ४८औ मिनटमा गोल गरे । स्पेनका लागि अर्को गोल ३७औ मिनटमा नोलिटोले गरेका थिए । स्पेनले अब समुह चरणको अन्तिम खेल अर्को बलियो टोली क्रोएसियासँग खेल्ने छ ।