9 years ago
June 18, 2016
मार्से(एजेन्सी)– खेलको अन्त्यतिर सम्हालिन नसक्दा आइसल्यान्ड जारी युरोपियन च्याम्पियनसिपमा लगातार दोश्रो बराबरी खेल्न बाध्य रह्यो ।
समय सकिन २ मिनेट बाँकी रहँदा डिफेन्डर विरकिर साभारासोनले विपक्षिले गरेको क्रसलाई क्लिएर गर्ने प्रयासमा आत्मघाती गोल गरेपछि आइसल्यान्डले जितको स्वाद लिन पाएन । गिल्फि सिगुर्डसनको पेनील्टिको मद्दतले पहिलो हाफमा अग्रता लिएपनि आइसल्याण्ड ठुलो प्रतियोगितामा पहिलो जित दर्ता गर्नबाट बञ्चित रह्यो।
यसअघि पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई १-१को बराबरीमा रोक्न सफल आइसल्याण्डले समुह चरणको अन्तिम खेलमा अष्ट्रियाको सामना गर्नेछ। अर्को चरणमा पुग्न आइसल्याण्डलाई जितको विकल्प रहेको छैन।
हंगेरीको दुई खेलमा ४ अंक पुगेको छ । हंगेरीले पहिलो खेलमा अस्ट्रियालाई २–० ले हराएको थियो । अर्को खेलमा हंगेरीले पोर्चुगलको सामना गर्नेछ ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]