default_image

4 years ago

November 21, 2019

रियाल एम्बाप्पेलाई विश्व कीर्तिमानी रकम खर्चन तयार

एजेन्सी – दुई वर्षअघि सदावहार फरवार्ड क्रिस्टियानो रोनाल्डोको बर्हिगमनसँगै स्पेनिस महारथी रियाल म्याड्रिडले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन । रियालका प्रशिक्षक जिनेदिन जिदानले आफ्ना मनपर्ने बेल्जियन इडेन हजार्डलाई यो सिजन क्लबमा अनुबन्ध गरेपनि उनले सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् । यो सिजनको शुरुवाती समयमा ग्यारेथ बेल, करिम बेन्जेमा र केही युवा खेलाडीलाई विश्वास गरेपनि जिदान […]

61 views

0 Bookmark

एजेन्सी – दुई वर्षअघि सदावहार फरवार्ड क्रिस्टियानो रोनाल्डोको बर्हिगमनसँगै स्पेनिस महारथी रियाल म्याड्रिडले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन । रियालका प्रशिक्षक जिनेदिन जिदानले आफ्ना मनपर्ने बेल्जियन इडेन हजार्डलाई यो सिजन क्लबमा अनुबन्ध गरेपनि उनले सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् ।

यो सिजनको शुरुवाती समयमा ग्यारेथ बेल, करिम बेन्जेमा र केही युवा खेलाडीलाई विश्वास गरेपनि जिदान उनीहरुको प्रदर्शनबाट सन्तुष्ट छैनन् । यसबीचमा रियालले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेलाई आउदो सिजन जसरी पनि अनुबन्ध गर्ने तयार रहेको विभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

रियालले २० वर्षे एमबाप्पे अनुबन्ध गर्न ३४३ मिलियन पाउन्ड (४०० मिलियन युरो) खर्चन तयार रहेको विभिन्न सञ्चार माध्यममा उल्लेख छ । यदि यो सम्भव भए एमबाप्पे विश्वकै सबैभन्दा महँगा खेलाडी हुनेछन् । २०१७ मा पीएसजीले बार्सिलोनाबाट ब्राजिलियन स्टार नेयमारलाई १९८ मिलियन पाउन्ड (२२२ मिलियन युरो) मा अनुबन्ध गरेको थियो । जुन हालसम्म विश्व कीर्तिमानी मुल्य हो ।

पछिल्लो समय उनी रियालमा अनुबन्ध हुने चर्चामा छ । एमबाप्पेले मोनाकोबाट लोनमा पीएसजी जानुअघि रियालमा आउने चासो देखाएका थिए । समर सिजनमा एमबाप्पे नै रियालको मुख्य लक्ष्य हुनेछ । रियालले यसै विन्टरमा ग्यारेथ बेलसहित रियालमा गोल गर्न संघर्षरत केही खेलाडीलाई बिदा गर्ने मनस्थिति बनाएको छ । यो सिजन एमबाप्पे पीएसजीमै रहने भएपछि रियालले इंग्लिस क्लब चेल्सीबाट हजार्ड र जर्मन क्लब फ्रान्कफर्टबाट लुका जोभिकलाई अनुबन्ध गरेका थिए ।

अघिल्लो सिजन रियालमा राम्रो प्रदर्शन गरेका ब्राजिली भिनिसियस जुनियरले यो सिजन संघर्ष गरिरहेको छ । भिनिसियसले यो सिजन चार खेलमा पहिलो रोजाईमा खेलेका छन् । ५ खेलमा वैकल्पिक खेलाडीको रुपमा खेलेका छन् । भिनिसियसलाई पीएसजीले पनि अनुबन्ध गर्न चाहिरहेको छ । एमबाप्पे ल्याउन रियालले भिनिसियसलाई पीएसजी पठाउन सक्नेछ । पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दाे र रियालबीच खेलाडी आदान प्रदानमा छलफल भएको बुझिएको छ ।

केही साताअघि मात्रै जिदान र लियोनार्दाेबीचको छलफलमा जिदानले एमबाप्पेलाई सेतो सर्टमा उतार्ने लक्ष्य रहेको बताएका छन् । लियोनार्दाेले यसमा असमर्थता जनाएपनि जिदानले एमबाप्पको अबको गन्तव्य रियाल नै रहेको बताएका छन् । एमबाप्पले फ्रेन्च लिगवानमा १०४ खेल खेल्दै ६७ गोल र ३१ असिस्ट गरेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.