default_image

4 years ago

November 20, 2019

बार्सिलोनाले विकल्प खोजे स्वारेजलाई आपत्ती नहुने !

एजेन्सी– लुइस स्वारेजको ठाँउमा अर्को खेलाडीका विषयमा बार्सिलोनाले अघि कुनै विकल्प सोचिसकेको छैन । तर, स्वारेजकै भनाई भने अलि फरक छ । यदि क्लबले अर्को कोहि खेलाडीलाई ल्याउँछ भने पनि त्यसमा आफुलाई आपत्ती नहुने उनले बताएका छन् । उरुग्वेली स्टार ३२ वर्षका भइसकेका छन् । फुटबलमा यो उमेर एकदम युवा अवस्था होइन । ‘यस्तो समय […]

36 views

0 Bookmark

एजेन्सी– लुइस स्वारेजको ठाँउमा अर्को खेलाडीका विषयमा बार्सिलोनाले अघि कुनै विकल्प सोचिसकेको छैन । तर, स्वारेजकै भनाई भने अलि फरक छ । यदि क्लबले अर्को कोहि खेलाडीलाई ल्याउँछ भने पनि त्यसमा आफुलाई आपत्ती नहुने उनले बताएका छन् । उरुग्वेली स्टार ३२ वर्षका भइसकेका छन् । फुटबलमा यो उमेर एकदम युवा अवस्था होइन ।

‘यस्तो समय आउँछ । त्यो उमेरमा मैले चाहेर पनि बार्सिलोनामा आवश्यक पर्ने जस्तो स्तरको प्रदर्शन दिन सक्दिन’, स्वारजेले भने, ‘तर जति बेला सम्म मसँग सामाथ्र्य हुन्छ त्यति बेला नै क्लबले प्रतिस्पर्धा बढाउन सके झनै राम्रो । यदि क्लबले नयाँ फरवार्डका बारेमा सोचेको छ भने त्यसमा मैले आपत्ती मान्नु पर्ने केहि छैन ।’

उनले व्यवासायिक फुटबलमा नयाँ खेलाडी आउने विषयलाई समान्य रुपमा लिएका छन् । ‘फुटबलको वास्ताविकता नै यहि हो । मेरो लागि पनि यो राम्रो हो । समयले हरेकको विकल्प खोज्छ,’ लिभरपुलका पूर्व स्टारले भने, ‘जति प्रतिस्पर्धा भयो , क्लबका लागि पनि त्यत्तिकै राम्रो हो । ‘

स्वारेजले पछिल्लो पाँच वर्ष क्याप नोउमा गरेको अनुभवका बारेमा भनेका छन्, ‘यहाँ पाँच वर्ष उस्तै खाले दबाब रह्यो । मैले ती सबै चुनौतिलाई स्विकार गरे । यो जस्तो क्लबमा सधै आफ्नो स्थान सुरक्षित गर्नु सहज छैन । यहाँ हरेक तीन दिनमा परिक्षा दिनुपर्ने हुन्छ । त्यहाँ आराम छैन र खराब दिनका लागि माफी दिइन्न ।’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.