default_image

9 years ago

June 19, 2016

अर्जेन्टिना सेमिफाइनलमा – मेस्सिको कीर्तिमान

144 views

0 Bookmark

भेनेजुएलालाई हराउदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा अर्जेन्टिनाले संयुक्त राष्ट्रिय अमेरिकासङ भिड्ने छ ।

अर्जेन्टिनाको ४-१ को जितमा बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सिले १ गोल र दुई असिस्ट गरे , यो मेस्सिको आफ्नो देशको लागि ५४ औ गोल थियो जुन अर्जेन्टिनाको सर्वाधिक गोल कर्ताको किर्तिमानी नाममा बाटिस्टुटा सङ बराबर हो ।

argentina messI celebrate

प्रतियोगिताको अघिल्लो दुई खेल बेन्चबाट खेलेका मेस्सी आज सुरुवात गर्दै खेलको सुरु देखिनै भेनेजुएलाको लागि खत्रा बने । खेलको ८औ मिनेटमा हिग्वेनलाई बाल मिलाउदै अर्जेन्टिनाको अग्रतामा योगदान दिए । हिग्वेनले भेनेजुएलाका खेलाडिको ब्याक पास रिड गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर गरे ।

त्यस्तै प्रतियोगिताको ‘ सर्प्राइज प्याकेज ‘ मनिएको भेनेजुएलाले पहिलो हाल्फ सकिने बेलामा पेनल्टी पाउदै गोल गर्ने मौका पायो तर सर्जियो रोमेरोले राम्रो सङ प्रहार नियाल्दै अर्जेन्टिनको अग्रता यथावथ जोगाए ।

त्यस्तै दोस्रो हाल्फमा गोल गर्दै २-१ बाट ३-१ बनाउदै मेस्सिले अर्जेन्टिनाको अग्रता दोब्बर गरे । त्यो गोल सङै मेस्सी अमेरिकाको डेम्प्सी र ब्राजिलको कौटिन्हो लाई पछी पार्दै प्रतियोगितामा सर्बाधिक गोल गर्ने खेलाडी भए । त्यसैगरी अर्जेन्टिनाको लागि ५४ गोल गार्दै बटिस्टुटाको किर्तिमान बराबर पनि गरे ।

त्यस पछि सब्स्टिटुड खेलाडी एरिक लामेलालाई अर्को मौका मिलाउदै मेस्सिले अर्जेन्टिनाको अर्को गोलमा योगदान दिए ।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.