default_image

4 years ago

November 16, 2019

मेस्सीको गोलमा अर्जेन्टिनालाई सुपरक्लासिको उपाधि

एजेन्सी – कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरेपछि ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ । साउदी अरेबियामा भएको खेलमा मेस्सीको एकमात्र गोलमा अर्जेन्टिनाले १-० को जित हासिल गरेको हो । मेस्सीले खेलको १३ अौं मिनेटमा गोल गरेका थिए । एलेक्स स्यान्ड्रोले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर मेस्सीको पेनाल्टी […]

41 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरेपछि ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ ।

साउदी अरेबियामा भएको खेलमा मेस्सीको एकमात्र गोलमा अर्जेन्टिनाले १-० को जित हासिल गरेको हो । मेस्सीले खेलको १३ अौं मिनेटमा गोल गरेका थिए । एलेक्स स्यान्ड्रोले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर मेस्सीको पेनाल्टी प्रहार गोलरक्षक एलीसनले बचाए । मेस्सीले रिबाउन्डमा गोल गरेका थिए ।

अर्जेन्टिनाले अग्रता लिनुभन्दा ३ मिनेट अगाडि ब्राजिलले पनि पेनाल्टी अवसर खेर फालेको थियो । फरवार्ड ग्याब्रिएल जेससलाई जर्मन पेजेलाले लडाएपछि रेफ्रीले पेनाल्टी दिए । जेससको प्रहारले गोलरक्षक गलत दिशामा डाइभ दिएपनि पोस्टभन्दा बाहिर गएको थियो ।

ब्राजिलले त्यसपछि खेलमा फर्कने प्रयास गरेपनि फिनिसिङमा चुक्दा खेलमा फर्कन सकेन । मेस्सी झन्डै चार महिनापछि अर्जेन्टिनी जर्सीमा देखिएका हुन् । कोपा अमेरिकामा रेफ्रीविरुद्ध अभिव्यक्ति दिएपछि उनलाई कन्काकाफले प्रतिबन्ध लगाएको थियो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.