default_image

4 years ago

November 20, 2019

टोटेनहमद्वारा पोचेटिनो बर्खास्त, मोउरिन्हो आउने सम्भावना

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरले आफ्ना मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ । यो सिजन घरेलु प्रतियोगितामा लगातार खराब प्रदर्शनसँगै क्लबले पोचेटिनोलाई मंगलबार राति बर्खास्त गरेको हो ।  विज्ञप्ति जारी गर्दै बोर्डको गम्भीर छलफलपछि यो निर्णय लिएको क्लबका अध्यक्ष डेनियल लेभीले बताएका छन् । प्रिमियर लिगको १२औं चरण सकिँदा टोटेनहम १४ अंकसहित १४औं […]

42 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरले आफ्ना मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ । यो सिजन घरेलु प्रतियोगितामा लगातार खराब प्रदर्शनसँगै क्लबले पोचेटिनोलाई मंगलबार राति बर्खास्त गरेको हो । 

प्रशिक्षणका क्रममा टोटेनहमका प्रशिक्षक मौरिसियो पोचेटिनो (तस्बिर: सुबास हुमागाईं)

विज्ञप्ति जारी गर्दै बोर्डको गम्भीर छलफलपछि यो निर्णय लिएको क्लबका अध्यक्ष डेनियल लेभीले बताएका छन् । प्रिमियर लिगको १२औं चरण सकिँदा टोटेनहम १४ अंकसहित १४औं स्थानमा छ । उसले तीन जित, पाँच बराबरी र चार हारको नतिजा निकालेको छ । यस्तै पोचेटिनोको प्रशिक्षणमा टोटेनहमले गत जनवरीदेखि अवे मैदानमा जित निकाल्न सकेको छैन ।

सन् २०१४ को मेमा साउथह्याम्पटनबाट टोटेनहममा आबद्ध भएपछि पोचेटिनोले गत सिजन टोटेनहमलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका थिए । जुन उनको प्रशिक्षणमा सबैभन्दा ठुलो नतिजा हो । लिभरपुलसँग पराजित हुँदै टोटनह्याम उपविजेतामा सिमित बनेको थियो । यो सिजन लिग कपमा टोटेनहम तेस्रो डिभिजनको कोलचेस्टरसँग तथा च्याम्पियन्स लिगको समूह चरणमा पनि बायर्न म्युनिखसँग आफ्नै मैदानमा ७–२ को पराजित भएको थियो ।

टोटेनहममा आएको पहिलो सिजन टोटेनहमलाई पाँचौं स्थान दिलाएका ४७ वर्षे पोचेटिनोले दोस्रो सिजन तेस्रो स्थान दिलाए । उनी इंग्ल्याण्डमा पेप गुआर्डिओलालाई इंग्ल्याण्डमा हराउने पहिलो प्रशिक्षक बने । सन् २०१६ को अक्टोबरमा टोटनह्यामले सिटीलाई २–० ले हराएको थियो ।

पोचेटिनोलाई बर्खास्त गरेपछि सहायक प्रशिक्षक जेसस पेरेज, मिगेग डि अगस्टिनो र एन्टोनी जिमिनेजले पनि क्लब छोडेका छन् । उनको स्थानमा टोटनह्यामले जोसे मोरिन्होलाई ल्याउने तयारी गरेको छ । मोउरिन्होसँग प्रारम्भिक छलफल सुरु भइसकेको र केहि दिनमा नै निर्णय हुने क्लबनिकट स्रोतले जनाएका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.