9 years ago
June 19, 2016
ललित स्मृति यु१८ फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा जगदम्बा लुम्बिनि फुटबल क्लबविरुद्ध हार व्यहोरेपछि जावलाखेल युथ क्लबको यात्रा समाप्त भएको छ।
लुम्बिनिको जितमा अजित थापाले खेलको एकमात्र गोल फ्रकिक मार्फत २८ मिनेटमा गरेका थिए। पहिलो खेलमा आर्मीसंग पराजित भएको जावलाखेलले लुम्बिनिको दोश्रो रोजाइको टोलीसंग जमेर खेल्न सकेन। जावलाखेलका प्रशिक्षक नरेश थापाले फरवार्ड लाइन कमजोर हुनुनै हारको मुख्य कारण भएको बताए।
दिनकै अर्को खेलमा भने रमपम झापा एघार फुटबल क्लब र नेपाल एपिएफ क्लबले गोलरहित बराबरी खेल्दा मनाङ समुहको शिर्ष स्थानमा रहेर अर्को चरणमा पुग्यो। सबै टोलीको समान अंक र गोलअन्तर भएपछि सर्वाधिक गोल गर्ने दुई टोली अर्को चरणमा पुगेका हुन्।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]