default_image

4 years ago

November 22, 2019

पीएजसी कहिल्यै नजाने हाजार्डको दावी

एजेन्सी – बेल्जियमका कप्तान तथा रियल म्याड्रिडका विंगर इडेन हाजार्डले आफू कहिल्यै पनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) नजाने दावी गरेका छन् । फ्रान्सेली पत्रिका एल’एकिपेसँग अन्तर्वार्ताका क्रममा हाजार्डले आफूलाई पीएसजीले यसअघि नै अनुबन्धनका लागि प्रस्ताव गरेपनि आफूले नकारेको बताए । हाजार्डले सन् २०१२ मा लिल छाडेर प्रिमियर लिग क्लब चेल्सीसँग हस्ताक्षर गरेका थिए […]

66 views

0 Bookmark

एजेन्सी – बेल्जियमका कप्तान तथा रियल म्याड्रिडका विंगर इडेन हाजार्डले आफू कहिल्यै पनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) नजाने दावी गरेका छन् ।

फ्रान्सेली पत्रिका एल’एकिपेसँग अन्तर्वार्ताका क्रममा हाजार्डले आफूलाई पीएसजीले यसअघि नै अनुबन्धनका लागि प्रस्ताव गरेपनि आफूले नकारेको बताए । हाजार्डले सन् २०१२ मा लिल छाडेर प्रिमियर लिग क्लब चेल्सीसँग हस्ताक्षर गरेका थिए । उनले त्यसबेला नै आफूले फ्रान्सेली लिगमा लिलबाहेक अन्य क्लबका लागि नखेल्ने बताएका थिए । गत सिजन उनले चेल्सी छाड्ने हल्ला चलेपछि पीएसजीले उनलाई भित्र्याउने प्रयास गरेको थियो ।

हाजार्डले आफू कुनै हालतमा पनि पीएसजीबाट नखेल्ने बताएका छन् । ‘हुन्, त्यो कहिले पनि हुन्न । पीएसजीले मलाई पटक पटक प्रस्ताव गरेपनि मैले स्वीकार गरेको छैन । म फ्रान्सेली लिगमा लिलबाहेक अन्य क्लबबाट खेल्ने पक्षमा छैन । मैले नकार्नुको मतलब कहिल्यै पनि आउँदिन भन्नु नै हो,’ उनले थपे ।

चेल्सी छाडेर रियल म्याड्रिड पुगेका हाजार्डले स्पेनमा राम्रो सुरुवात पाउन सकेका छैनन् । २८ वर्षीय उनले सुरुवाती ८ खेलमा मात्र १ गोल गरेका छन् । उनलाई क्लबका समर्थकले रियल आएपछि अस्वभाविक रुपमा वजन बढेको कारण पनि आलोचना गरेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.