9 years ago
June 19, 2016
ढाका (एजेन्सी)– नेपाली प्रशिक्षक बालगोपाल महर्जनको बंगलादेशी क्लब ब्रदर्श युनियनको यात्रा वाल्टन फेडेरेसन कपको क्वार्टरफाइनलमा रोकिएको छ । बंगबन्धु राष्ट्रिय रंगशालामा आइतबार भएको खेलमा अवानी लिमिटेडसँग २–१ ले पराजित भएपछि अन्तिम आठबाट बाहिरिएको थियो । बंगबन्धु त्यहि रंगशाला हो जहाँ महर्जनको प्रशिक्षणमा नेपाली टोलीले छ महिना अघि बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता उपाधि जितेको थियो ।
राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षकका रुपमा महर्जनको त्यो पहिलो प्रतियोगिता थियो । महर्जनको टोलीले आइतबार ३६ औं मिनेटमा अग्रता जोगाउन सकेन । वाल्सनले पहिलो गोल गरेका थिए । जेवेल रानाले् ६९ औं मिनेटमा बराबरी गोल गरे भने सन्डे चिजोबाले खेल सकिनु १० मिनेट अघि निर्णायक गोल गरे । समूह चरणमा लगातार दुई खेल जित्दै महर्जनको टोली अघि बढेको थियो । शेख जमाल धनमुन्डी क्लबलाई २–१ ले हराउनु अघि उनको टोलीले उत्तर बरिधारालाई १–० ले पराजित गरेको थियो । हालै ए कोचिङ कोर्स उर्तिर्ण गरेका महर्जन दुई साताअघि ब्रदर्श युनियनको जिम्मेवारी सम्हाल्न गएका थिए ।
अर्को महिना सुरु हुने बंगलादेशको प्रिमियर लिगमा उच्च प्रदर्शन गर्ने अपेक्षासहित आफु क्लबमा आबद्ध भएको महर्जनले बंगलादेश जानुअघि बताएका थिए । महर्जनले मासिक १ हजार ५ सय अमेरिकी डलर पाउँछन् ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]