default_image

4 years ago

November 24, 2019

सिटीसँग चेल्सीको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । घरेलु टोली सिटीले चेल्सीमाथि २–१ को जित निकालेको हो ।   सिटीको जितमा केभिन डि ब्रुयन र रियाद महारेजले गोल गरे । चेल्सीका एङ्गोलो कान्टेले गोल गरे । सिटीले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । इतिहाद् […]

29 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । घरेलु टोली सिटीले चेल्सीमाथि २–१ को जित निकालेको हो ।

 

सिटीको जितमा केभिन डि ब्रुयन र रियाद महारेजले गोल गरे । चेल्सीका एङ्गोलो कान्टेले गोल गरे । सिटीले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।

इतिहाद् स्टेडियममा शनिबार राति भएको खेलमा शुरुवाती अग्रता चेल्सीले लिएका थियो । २१औं मिनेटमा कान्टेले माटियो कोभासिसको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, चेल्सीको त्यो अग्रता लामो समय टिकेन । २९औं मिनेटमा केभिन डि ब्रुयनले बराबरी गोल फर्काए ।

३७औं मिनेटमा रियाद महारेजले गोल गर्दै घरेलु टोली सिटीलाई खेलमा २–१ को अग्रता दिलाए । दोस्रो हाफमा पनि दुवै टोलीले पाएको केही अवसर खेर फाल्दा सिटी खेलमा २–१ ले विजयी रहन सफल भयो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रहिम स्ट्रलिङले गोल गरेपनि भिएआरको सहायताले गोलले मान्यता पाएन ।

जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ । सिटीको १३ खेलबाट २८ अंक रहेको छ । पराजित चेल्सी चौथो स्थानमा झरेको छ । चेल्सीको १३ खेलबाट २६ अंक छ । शीर्षस्थानको लिभरपुलको ३७ अंक छ । लेस्टर सिटी २९ अंकसहित दोस्रो स्थानमा छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.