काठमाडौं – नवलपरासी प्रहरीले नेपाली राष्ट्रिय फुटबल टोलीका बिमल घर्ती मगरकी बहिनी मनिषाको हत्या उनकै प्रेमी अशिष चौधरीले गरेको निष्कर्ष निकालेको छ । २१ दिन लामो अनुसन्धान पश्चात प्रहरी हत्या चौधरीले गरेको निष्कर्षमा पुगेको हो ।
जेठ १३ गते मनिषाको घरमै लास भेटिएको मनिषाको हत्या हो कि आत्मा हत्या एउटा रहस्य भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा अशिशले अफुले हत्या नगरेको जनाएका थिए । प्रहरीले गरेको पोलिग्राफी जांच पनि झुठो ठहर भएको छ । पोलिग्राफिमा पनि चौधरीले हत्या गरेको हो भन्दा हैन भनेका थिए ।
नेपाल प्रहरीले ज्यान मुद्दा दायर गर्ने भएको छ । प्रहरीले घटनास्थलमा भेटिएको कपडा, सिसाको टुक्रा लगायत को प्रमाण पेस गर्ने अन्लाईनखबरले लेखेको छ ।