default_image

4 years ago

November 28, 2019

घरेलु मैदानमा लिभरपुलको बराबरी

एजेन्सी – इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब नेपोलीले युइएफए च्याम्पियन्स लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुल घरेलु मैदानमा नेपोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । एनफिल्डमा घरेलु टोली लिभरपुलले एक गोलले पछि परेको स्थितिमा खेलमा फर्कंदै बराबरीको नतिजा निकालेको हो । लिभरपुलका डेजान लभरेन तथा नेपोलीका ड्रिस मर्टेन्सले गोल गरे । खेलको […]

43 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब नेपोलीले युइएफए च्याम्पियन्स लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुल घरेलु मैदानमा नेपोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

एनफिल्डमा घरेलु टोली लिभरपुलले एक गोलले पछि परेको स्थितिमा खेलमा फर्कंदै बराबरीको नतिजा निकालेको हो । लिभरपुलका डेजान लभरेन तथा नेपोलीका ड्रिस मर्टेन्सले गोल गरे ।

खेलको २१औं मिनेटमा मर्टेन्सको गोलबाट लिभरपसुल पहिलो हाफमा १–० ले पछि परेको थियो । दोस्रो हाफमा लिभरपुलले बराबरी गोल फर्काउन सफल भयो । ६५औं मिनेटमा लभरेनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

बराबरीसँगै समूह ‘ई’ मा लिभरपुल ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा स्थानमा यथावत रहेको छ । नेपोली ९ अंकसहित दोस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा साल्जवर्गले जेन्कमाथि ४–१ को सानदार जित निकालेको छ । साल्जवर्गको जितमा पास्टोन डाका, ताकुमी मिनामिनो, हि चान ह्वाङ र अर्लिङ ब्राउट हल्यान्डले गोल गरे । जेन्कका लागि एमबीवाना समताले एक गोल फर्काए ।

जितसँगै साल्जवर्गको ५ खेलबाट ७ अंक जोडेर नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ । जेन्क १ अंकसहित पुछारमा छ । अझैपनि समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुंगो लागेको छैन । लिभरपुललाई अन्तिम चरणको खेलमा कम्तिमा बराबरी आवश्यक रहेको छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.