default_image

4 years ago

November 28, 2019

इन्टर मिलानको प्रभावशाली जित

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले युइएफए च्याम्पियन्स लिग फुटबलमा  प्रभावशाली जित निकालेको छ । इन्टर मिलानले चेक रिपब्लिक क्लब स्लाभिया प्राहामाथि ३–१ को सानदार जित निकालेको हो । इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे । प्राहाका थोमस सोसिसले एक गोल फर्काए । इन्टरका रोमेलु लुकाकुको दुई गोलले भिएआरको मान्यता […]

22 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले युइएफए च्याम्पियन्स लिग फुटबलमा  प्रभावशाली जित निकालेको छ । इन्टर मिलानले चेक रिपब्लिक क्लब स्लाभिया प्राहामाथि ३–१ को सानदार जित निकालेको हो ।

इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे । प्राहाका थोमस सोसिसले एक गोल फर्काए । इन्टरका रोमेलु लुकाकुको दुई गोलले भिएआरको मान्यता पाएन ।

प्राहामा बुधबार राति भएको खेलमा इन्टरले खेलको १९औं मिनेटमा मार्टिनेजको गोलबाट अग्रता बनाएको थियो । ३५औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । ३७औं मिनेटमा थोमस सोसिसले बराबरी गोल फर्काए ।

८१औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई २–१ को अग्रता दिलाए । ८८औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–१ को जित दिलाए । एन्ज्युरी समयमा लुकाकुले गोल गरेपनि पुनः भिएआरको मान्यता पाएन ।

जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ । अब समूह चरणको अन्तिम खेलमा बार्सिलोनालाई बराबरी वा पराजित गरे या अर्काे खेलमा डर्टमन्डले पनि हार भोगेको अवस्थामा इन्टरले नकआउट चरणमा स्थान बनाउनेछ । इन्टर ५ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ ।

यही समूहमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई ३–१ ले पराजित गर्दै समूह ‘एफ’ बाट एक खेल बाँकी रहँदा च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.