default_image

4 years ago

November 30, 2019

आर्सनलका प्रशिक्षक इम्री बर्खास्त

एजेन्सी – लन्डन क्लब आर्सनलले आफ्ना मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको छ । यो सिजन लगातार खराव प्रदर्शन गरेपछि क्लबले युनाईलाई शुक्रबार बर्खास्ती गरेको हो ।   इम्री १८ महिनाअघि फ्रेन्च क्लब (पीएसजी) बाट लन्डन क्लब आर्सनलको प्रशिक्षक बनेका थिए । बिहीबार राति युरोपा लिगमा जर्मन क्लब फ्रन्कफर्टविरुद्ध सुरुवाती अग्रता लिएर पनि २–१ ले […]

26 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब आर्सनलले आफ्ना मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको छ । यो सिजन लगातार खराव प्रदर्शन गरेपछि क्लबले युनाईलाई शुक्रबार बर्खास्ती गरेको हो ।

 

इम्री १८ महिनाअघि फ्रेन्च क्लब (पीएसजी) बाट लन्डन क्लब आर्सनलको प्रशिक्षक बनेका थिए । बिहीबार राति युरोपा लिगमा जर्मन क्लब फ्रन्कफर्टविरुद्ध सुरुवाती अग्रता लिएर पनि २–१ ले पराजित भएपछि क्लबले इम्रीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । फ्रन्कफर्टसँग घरेलु मैदानमा पराजित भएसँगै समर्थकहरुले पनि ‘युनाई आउट’ भन्ने ब्यानर प्रदर्शन गरेका थिए ।

आर्सनल आएको पहिलो सिजन नै इम्रीको प्रशिक्षणमा आर्सनलले उच्च प्रदर्शन गरेपनि यो सिजन लगातार खराव प्रदर्शन गरिरहेको छ । इम्रीसँगै हेड अफ फुटबल राहुल स्नेललेही, निर्देशक भिनाई भेन्कातेसह्याम र टेक्निकल डाइरेक्टर इडुले पनि आफ्नो जव गुमाएका छन् ।

इम्रीले आर्सनलका लागि ७८ खेल खेलाउदा ४३ जित, १६ बराबरी र १९ हारको नतिजा निकालेको छ । अब इम्रीको स्थानमा पुर्व खेलाडी फ्रेडी एलजङवर्गले आर्सनललको अन्तरिम प्रशिक्षक बनेका छन् । अब एलजङवर्गको प्रशिक्षणमा आर्सनलले नर्विच सिटीसँग खेल्नेछ ।

अन्तरिम प्रशिक्षक बनाइसकेपनि आर्सनल नयाँ प्रशिक्षकको खोजीमा छ । मौरिसियो पोचेटिनो, ब्रेन्डन रोजर्स, मिकेल अर्टेटा, राफयल बेनिटेज र नुनो स्पिरिटोलगायतलाई प्रशिक्षक बनाउने तयारी गरेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.