default_image

4 years ago

December 1, 2019

भान डाइकको दुइ गोलसँगै शीर्षस्थानमा लिभरपुलको पकड

एजेन्सी – डिफेन्डर भर्जिल भान डाइकले दुई गोल गरेसँगै मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन होभ अल्बियोनलाई पराजित गर्दै शीर्षस्थानलाई थप पकड बनाएको छ । १० खेलाडीमा समेटिएको लिभरपुलले ब्राइटनमाथि २–१ को जित निकालेको हो । जितसँगै साविको उपविजेता लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी र लेस्टर सिटीलाई ११ अंकले पछि पारेको छ । […]

20 views

0 Bookmark

एजेन्सी – डिफेन्डर भर्जिल भान डाइकले दुई गोल गरेसँगै मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन होभ अल्बियोनलाई पराजित गर्दै शीर्षस्थानलाई थप पकड बनाएको छ । १० खेलाडीमा समेटिएको लिभरपुलले ब्राइटनमाथि २–१ को जित निकालेको हो ।

जितसँगै साविको उपविजेता लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी र लेस्टर सिटीलाई ११ अंकले पछि पारेको छ । लेस्टरले एक खेल कम खेलेको छ । लिभरपुलको १४ खेलबाट ४० अंक रहेको छ । समान खेलबाटै सिटीको २९ अंक रहेको छ । एक खेल कम खेलेको लेस्टर सिटीको पनि २९ अंक छ ।

एनफिल्डमा शनिबार राति भएको खेलको १८औं मिनेटमा भर्जिल भान डाइकको गोलबाट घरेलु टोली लिभरपुलले खेलमा अग्रता बनाएको थियो । उनले ट्रेन्ट एलेक्सजेन्डर अर्नाेल्डको पासमा गोल गरेका थिए । २४औं मिनेटममा अर्नाेल्डकै पासमा भान डाइकले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

दोस्रो हाफ लिभरपुलको राम्रो हुन नसकेपनि खेल आफ्नो पक्षमा पार्न सफल भयो । ७६औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो । एडम वेवस्टेरको लामो पासलाई बक्स बाहिर ह्यान्ड गरेपछि रेफ्रीले गोलरक्षक एलिसन बेकरलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । त्यसको तीन मिनेटपछि नै लिभरपुलले गोल खान पुथ्गदा खेल २–१ को स्थितिमा आएको थियो । ७९औं मिनेटमा कप्तान लेविस डंकले गोल गरे ।

त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल २–१ ले विजयी हुन सफल भयो । हारसँगै ब्राइटन १५ अंक जोडेर १५औं स्थानमा छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.