6 years ago
December 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सुजल श्रेष्ठको गोलमा नेपालले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा भुटानविरुद्ध अग्रता लिएको छ । पहिलो हाफको खेल सकिँदा नेपाल १-० ले अगाडि छ ।

दशरथ रंगशालामा जारी खेलमा सुजलले खेलको पाँचौ मिनेटमा ६ यार्ड बक्सनजिक अनमार्क रहेको अवस्थामा फिनिस गर्दै गोल गरेका थिए । नेपालले त्यसअघि अनन्त तामाङको हेडरमा गोलरक्षकले क्लियर गर्दा अग्रता लिन चुकेको थियो ।
नेपालले खेलको अधिकांश समय भुटानमाथि दवाव कायम गरेको छ । ३२ अौं मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा अभिषेक रिजालको प्रहारले पोस्टको दिशा लिन सकेन ।

प्रशिक्षक बालगोपाल महर्जनले कप्तान सुजल र अभिषेकलाई अग्रपंक्तिमा खेलाएका छन् । मध्यक्रमको जिम्मेवारी तेज तामाङ, मिक्छेन तामाङ, नितिन थापा र सुनिल बल रहेका छन् । डिफेन्समा विक्रम लामा र अनन्तसँग विकास खवास र सुमन अर्याल छन् । गोलरक्षकमा विकेश कुथु रहेका छन् ।
साग फुटबलमा भुटानले सोमबार बंगलादेशलाई १-० ले हराएको थियो । अर्को खेलमा माल्दिभ्स र श्रीलंका गोलरहित बराबरीमा रोकिए ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]