6 years ago
December 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा भुटानमाथि सानदार जित दर्ता गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले ४-० को फराकिलो जित दर्ता गरेको हो । नेपालका लागि कप्तान सुजल श्रेष्ठले २ तथा मिक्छेन तामाङ र अभिषेक रिजालले १-१ गोल गरे ।
खेलको पाँचौ मिनेटमा ६ यार्ड बक्सनजिक अनमार्क रहेको अवस्थामा फिनिस गर्दै गोल गरेका थिए । नेपालले त्यसअघि अनन्त तामाङको हेडरमा गोलरक्षकले क्लियर गर्दा अग्रता लिन चुकेको थियो ।
नेपालले खेलको अधिकांश समय भुटानमाथि दवाव कायम गरेको छ । ३२ अौं मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा अभिषेक रिजालको प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफको ५० अौं मिनेटमा सुजलले अग्रता दोब्बर पारे । त्यसको १५ मिनेटपछि अभिषेकले डाइभिङ हेडरमा गोल गर्दै नेपाललाई ३-० ले अगाडि बढाए । मिक्छेन तामाङले फ्रिकिकमा सिधै गोल गरेपछि नेपालले ४-० को अग्रता लिएको थियो ।
यस जितसँगै नेपालले ३ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । भुटानको पनि ३ अंक नै छ । श्रीलंका र माल्दिभ्सको १-१ अंक रहँदा बंगलादेश अंकविहीन छ ।
प्रशिक्षक बालगोपाल महर्जनले सुरुवाती ११ मा कप्तान सुजल र अभिषेकलाई अग्रपंक्तिमा खेलाए । मध्यक्रमको जिम्मेवारी तेज तामाङ, मिक्छेन तामाङ, नितिन थापा र सुनिल बल रहेका छन् । डिफेन्समा विक्रम लामा र अनन्तसँग विकास खवास र सुमन अर्याल तथा गोलरक्षकमा विकेश कुथु रहे ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]