6 years ago
December 3, 2019
अर्जुन कार्की ,पोखरा
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल प्रतियोगितामा भारतले उत्कृष्ट सुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको खेलमा भारतले माल्दिभ्सलाई ५–० को फराकिलो अन्तरको पराजित गर्यो ।
सुरुवातदेखिनै आक्रमक खेलेको भारतले खेलको छैठौं मिनेटमै डेंगी ग्रेसको गोलबाट खाता खोल्यो । भारतकी एनजी बालादेवीले खेलको २६ औं मिनेट र ३५ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाईन ।
दोस्रो हाफमा खेलको ८७ औं मिनेटमा भारतकी मनिषाले चौंथो गोल गरेकी गरिन् र त्यसको १ मिनेटमै जगमानीले गोल गर्दै जित पक्का गरिन । डिफेन्समा कडाइ नगरी अट्याकमा उत्रिएको माल्दिभ्सले प्रयाप्त अबसरलाई सदुपयोग गर्न नसक्दा फराकिलो अन्तरको हार बेहोर्नु पर्यो ।
नेपालले पनि महिला फुटबलमा विजयी सुरुवात गरेको थियो । नेपाली टोलीले श्रीलंकालाई १-० ले हराएको थियो । खेल सकिन २ मिनेट बाँकी रहँदा सरु लिम्बुले गरेको गोलमा नेपाल विजयी भएको थियो ।
सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टोलीले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै पुछारका दुई टोलीले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो दोस्रो खेल बिहिबार माल्दिभ्ससँग खेल्नेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]