6 years ago
December 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबार आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५ बजेपछि दशरथ रंगशालामा सुरु हुनेछ ।

नेपालले प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गर्दै सानदार सुरुवात गरिसकेको छ । दशरथ रंगशालामा झन्डै साढे ४ वर्षपछि नेपालको कुनैपनि टोलीले अन्तर्राष्ट्रिय खेल खेलेको थियो । कप्तान सुजल श्रेष्ठले २ तथा अभिषेक रिजाल र मिक्छेन तामाङले १-१ गोल गरेपछि नेपालले सहज जित दर्ता गरेको हो ।
भुटानविरुद्ध जितमा प्रशिक्षक बालगोपाल महर्जनले आक्रमणका मुख्य खेलाडीद्वय सुजल श्रेष्ठ र अभिषेक रिजाललाई दोस्रो हाफमा विश्राम दिएका थिए । भुटानविरुद्ध खासै मिहिनेत गर्नु नपरेको डिफेन्स र गोलरक्षक पोजिसनका खेलाडीले लगातार खेल खेल्दा कष्ट हुने छैन । श्रीलंकाले पहिलो दिनको खेलमा माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि विश्राम पाएको छ ।
नेपाल अंक तालिकामा ३ अंकसहित शीर्षस्थानमा छ । भुटानले पनि २ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्सले २ अंक तथा श्रीलंका र बंगलादेशले १-१ अंक जोडेका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]