6 years ago
December 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ लिग चरणमा नेपाल र श्रीलंकाबिचको खेल बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा बुधबार भएको आफ्नो दोस्रो खेलमा श्रीलंकाले इन्ज्युरी समयमा गोल गरेपछि नेपाल १–१ को बराबरीमा रोकिएको हो । नेपालले खेलको पहिलो हाफमा कप्तान सुजल श्रेष्ठको गोलमा अग्रता लिएको थियो । तर दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा जुड सुपानले फ्रिकिकमा गोल गरेपछि खेल बराबरीमा आएको थियो । कप्तान मोहमद फजलको फ्रिकिक पासमा सुपानले गोल गरेका थिए ।
खेलको नवौं मिनेटमा नेपालका रेजिन सुब्बाले हुलमुलमा खाली पोस्टमा हानेको बल पोस्टमाथीबाट बाहिरिएको थियो । खेलको २०औं मिनेटमा नेपालको राम्रो प्रहार श्रीलंकाका किपरले जोगाएका थिए । नेपालको ३० औं मिनेटको प्रहार पनि विफल भयो। त्यसको ३ मिनेटपछि श्रीलंकाका खेलाडीले अनन्त तामाङलाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टीमा नेपालका कप्तान सुजलले गोल गर्दै अग्रता दिलाए। अभिषेकले ४३औं मिनेटमा दिएको क्रस पासमा सुजलको हेड बल पोस्ट माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफको सुरुमा पहिलो हाफमा जस्तो सम्हालिएको खेल देखाउन सकेन । खेलको ४८औं मिनेटमा रेजिन सुब्बाले राम्रो अवसर खेर फाले । खेलको ८४औं मिनेटमा अनन्त तामाङले गरेको हेड श्रीलंकाको पोष्टको नजिकैबाट बाहिरिएपछि नेपालले २–० गोलको अग्रता बनाउने अवसर गुमाएको थियो ।
राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् । पुरुष फुटबलमा नेपाल र भुटानसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स रहेका छन् । पहिलो खेलमा भुटानलाई ४–० ले हराएको नेपालको बराबरीसँगै ४ अंक भएको छ । भुटानको २ खेलमा ३ अंक छ। माल्दिभ्स र श्रीलंकाको २-२ अंक छ भने बंगलादेशको १ अंक छ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]