स्विजरल्याण्डलाइ टाइ ब्रेकरमा हराउदै नक आउट चरणको पहिलो खेल जित्दै पोल्याण्ड क्वाटर फाइनल पुग्ने पहिलो टोलि भएको छ ।
जाकुब ब्लास्किकोव्सिको पहिलो हाल्फको गोलमा अग्रता लिएको पोल्याण्ड शाकिरिको उत्कृस्ट गोलले आफ्नो अग्रता गुमाउन पुग्यो ।
निर्धारित समय १-१ मा टुङिएपछीको ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछी खेल टाइ ब्रेकरमा पुगेको हो ।
टाइ ब्रेकरमा स्विजरल्याण्डका जाकाले पोस्टबाट बाहिर प्रहार गरेपछी ५-४ को अग्रतामा पोल्याण्डले क्वाटरफाइनलमा स्थान पक्क गरेको हो ।