default_image

4 years ago

December 13, 2019

बराबरीमा रोकिएसँगै रोमा समूह उपविजेता

एजेन्सी – अष्ट्रियन क्लब वल्सवर्गरसँग बराबरीमा रोकिएसँगै इटालियन क्लब रोमा समूह ‘जे’ को उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ । रोमा वल्सवर्गरसँग २–२ गोलको बराबरीमा रोकिएको हो । घरेलु टोली रोमाले खेलमा दुईपटक अग्रता लिएरपनि जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो । सातौं मिनेटमा डिएगो पेरोटीको गोलबाट रोमाले खेलमा अग्रता लिएको थियो । […]

27 views

0 Bookmark

एजेन्सी – अष्ट्रियन क्लब वल्सवर्गरसँग बराबरीमा रोकिएसँगै इटालियन क्लब रोमा समूह ‘जे’ को उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ । रोमा वल्सवर्गरसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु टोली रोमाले खेलमा दुईपटक अग्रता लिएरपनि जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो । सातौं मिनेटमा डिएगो पेरोटीको गोलबाट रोमाले खेलमा अग्रता लिएको थियो । १०औं मिनेटमा एलेसान्द्रो फ्लोरेन्जीले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

१९औं मिनेटमा इडेन जेकोले गोल गर्दै रोमालाई पुनः खेलमा २–१ को अग्रता दिलाए । ६३औं मिनेटमा सोनविसमनले बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा टुंगियो ।

यो समूहबाट टर्किस क्लब इस्तानबुल बासाकसेहिर समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । इस्तानबुलले ६ खेलबाट १० अंक जोड्यो । समान खेलबाटै रोमाले ९ अंक जोड्यो । रोमालाई बराबरीमा रोकेपनि अघिल्लो चरणमा पुग्न सफल भएन ।

युरोपा लिगको अन्य खेलको नतिजा

एपोइल निकोसियाविरुद्ध सेभिल्ला (–०)

बसेलविरुद्ध ट्रावजोन्सपर (२–०)

सिएफआर क्लजविरुद्ध सेल्टिक (२–०)

डाइनामो किभविरुद्ध लुगानो (१–१)

फ्रन्कफर्टविरुद्ध भिक्टोरिया डि गुइमारेस (२–)

एफसी कोपेनहेगनविरुद्ध माल्मो (०–)

गेटाफेविरुद्ध क्रास्नोडर (३–०)

लास्कविरुद्ध स्पोर्टिङ लिस्वन (३–०)

पीएसभी इन्डोभेनविरुद्ध रोजेनवर्ग (१–१)

क्वारावागविरुद्ध एफ९१ (१–१)

रेनिसविरुद्ध लाजियो (२–०)

स्टान्डर्ड लिजविरुद्ध आर्सनल (२–२)

बेरुसिया मोन्चेनग्लाडवाचविरुद्ध इस्तानबुल (१–)

इस्पान्योविरुद्ध सिएसकेए मस्को (०–१)

जेन्टविरुद्ध एफसी ओलेक्सान्ड्रिया (–१)

लुडोगोरेट्सविरुद्ध फेरेन्कभारोस (१–१)

म्यानचेस्टर युनाइटेडविरुद्ध एजेड अल्कामार (४–०)

पार्टीजान वियोग्राडविरुद्ध एफसी एस्ताना (४–१)

रेन्जर्सविरुद्ध योङ ब्वाइज (१–१)

स्लोभान ब्राटिसलाभाविरुद्ध ब्रागा (२–)

वल्सवर्गविरुद्ध सेन्ट इटिने (१–०)

वल्भ्सविरुद्ध बेसिक्टास (४–०)

एफसी पोर्टाेविरुद्ध फियोनोर्ड (३–२)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.